अर्थ
सुनको मूल्य सामान्य घट्यो, आज कतिमा हुँदैछ कारोबार ?
आइतबार, १० चैत २०८१, १० : ४६
काठमाडौँ । साताको कारोबारको पहिलो दिन सुनको मूल्य सामान्य घटेको छ । नेपाल सुनचाँदी व्यवसायी महासंघका अनुसार शुक्रबारको तुलनामा आइतबार छापावाल सुनको मूल्य तोलामा ९०० रुपैयाँ घटेको हो ।
महासंघका अनुसार आइतबार छापावाल सुनको मूल्य तोलामा १ लाख ७४ हजार १०० रुपैयाँ कायम भएको छ । यसअघि शुक्रबार छापावाल सुनको मूल्य तोलामा १ लाख ७५ हजार रुपैयाँ कायम भएको थियो ।
यस्तै चाँदीको मूल्य पनि घटेको छ । शुक्रबार तोलामा १ हजार ९९५ रुपैयाँ कायम भएको चाँदीको मूल्य आइतबार तोलामा १ हजार ९८० रुपैयाँ कायम भएको महासंघको भनाइ छ ।
खबर पढेर तपाईलाई कस्तो महसुस भयो ?
प्रतिक्रिया
भर्खरै
-
१० बजे १० समाचार : विभाजनको बाटोमा कांग्रेस, सहकार्यको प्रयासमा ओली-प्रचण्ड
-
हर्मुज तनावसँगै तेल बजार प्रभावित
-
दुई महिनादेखि फोहर नउठ्दा शिवगञ्ज बजारमा समस्या
-
अव्यवस्थित बसोबासीलाई जग्गाधनी प्रमाण पुर्जा वितरण गरिँदै
-
संघको सिकोः गण्डकीमा पनि स्वकीय सचिव लिने तयारी
-
पूर्वी अफगानिस्तानमा बाढीबाट ४० भन्दा बढीको मृत्यु
Games
एक्सक्लुसिभ स्टोरी
युनिकोड
मिति रूपान्तरण