खानेपानी संस्थानको विनियमावली कार्यान्वयनमा लैजान मन्त्री यादवको निर्देशन
काठमाडौँ । खानेपानीमन्त्री प्रदीप यादवले नेपाल खानेपानी संस्थानका कर्मचारीहरुलाई विनियमावली कार्यान्वयन गर्न निर्देशन दिएका छन ।
आइतवार मन्त्रालयमा ‘कर्मचारी सेवा शर्त विनियमावली –२०८१’ सम्बन्धी जानकारी दिन आयोजित पत्रकार सम्मेलनमा उनले कर्मचारीहरुलाई यस्तो निर्देशन दिएका हुन् । यादवले लामो समयदेखि रोकिएर बसेको कर्मचारी सेवा शर्त विनियमावली कर्मचारी हकहितका लागि लागू भएको बताए । उनले विनियमावली नेपाल सरकारको नियम र कानूनमा रहेर कार्यान्वयनमा ल्याइएको बताए ।
नेपाल खोनपानी संस्थानका महाप्रवन्धक इन्जिनियर अर्जुनबाबु ढकालले सात वर्षसम्म विनियमावली स्वीकृत नहुँदा संविधानले दिएको खानेपानीको उपभोगसम्बन्धि मौलिक हकको सेवामै समस्या उत्पन्न भएको बताए । उनले विनियमावलीको अभावमा रिक्त पदमा कर्मचारी पदपूर्ति तथा कर्मचारीको वृत्ति विकासमा समेत समस्या उत्पन्न भएको बताए । सरकारको ५० प्रतिशत भन्दा बढी शेयर भएको संस्थामा लोकसोवा आयोगबाट पदपूर्र्ति गर्नुपर्ने संवैधानिक व्यवस्था रहेको उनको भनाइ छ ।
कार्यक्रममा विगत २०७३ सालदेखि विनियमावली नहुँदा कर्मचारी पदपूर्ति हुन नसकेको र सार्वजनिक सेवामा समेत असर पुगिरहेको जानकारी दिइएको थियो । विनियमाली कार्यान्वयनमा आएसँगै रिक्त दरबन्दीमा कर्मचारी नियुक्तिको बाटो खुलेको छ ।
खबर पढेर तपाईलाई कस्तो महसुस भयो ?
प्रतिक्रिया
भर्खरै
-
मुस्ताङ भन्सारबाट ६ अर्ब ६६ करोड बढी राजस्व सङ्कलन
-
व्यावसायिक रुद्राक्ष खेतीबाट राम्रो आम्दानी गर्दै मैदानेका किसान
-
दमौली बजारका अवैध संरचना हटाउन आग्रह
-
अर्मेनियाका प्रधानमन्त्रीको दललाई बहुमतको सङ्केत
-
गाडी दुर्घटनामा मुस्ताङ घुमेर फर्कँदै गरेका पाँच जना आन्तरिक पर्यटक घाइते
-
१२ बजे १२ समाचार: सत्ता पक्ष र विपक्षी दलबिच संवादहीनता तोडियो, सुधनको सम्पत्तिमा समितिले देखेन खोट
Games
एक्सक्लुसिभ स्टोरी
युनिकोड
मिति रूपान्तरण