‘नो केबलकार’ र सरकारबिचको वार्ता कता हरायो ?
काठमाडौँ । पाथीभरा क्षेत्रमा केबलकार बनाउन नहुने माग राख्दै संघर्षरत पक्षसँगको वार्ता निष्कर्षमा पुग्न सकेको छैन ।
चैत ४ गते सरकार र आन्दोलनकारीबिच भएको छलफलले चैत ७ गते पुनः वार्ता गर्ने र निष्कर्षमा पुग्ने सहमति गरेको थियो । तर आज १० गते भइसक्दा पनि सरकारले वार्ताका लागि पहल नै नगरेको संघर्षरत पक्षका वार्ता समितिका सदस्य सन्तोष मेहताले बताए ।
पाथीभरा क्षेत्रमा केबलकार बनाउन नहुने माग राख्दै मुक्कुमलुङ तासेप चुम्भो र मुक्कुमलुङ संरक्षण अन्तरदलीय संघर्ष समितिले निरन्तर आन्दोलन गर्दै आएका छन् ।
सरकार र संघर्षरतपक्षबिच माघ २२ र २३ गते वार्ता भएको थियो । तर समस्या समाधान हुने अवस्था नभएपछि संघर्षरत पक्षले उच्चस्तरीय वार्ता समिति गठनको माग गर्दै आएका थिए ।
मुक्कुमलुङमा केबलकार निर्माण खारेजी माग गर्ने र प्रहरीबिच ताप्लेजुङको फुङलिङ बजारमा झडप भएको थियो । त्यहाँ आन्दोलनकारी र प्रहरी पनि घाइते भएका थिए ।
त्यसपछि सरकारले फागुन १२ गते आन्दोलनरत पक्षबाट उठाइएका सामाजिक, धार्मिक, सांस्कृतिक तथा स्थानीय समुदायका समस्या वार्ता र संवादबाटै समाधान गर्ने भनेको थियो ।
केबलकारको निर्माण कार्य हाललाई स्थगित गर्ने एवं वार्ता र संवादको माध्यमबाट समस्याको समाधान गर्ने भनिएको थियो । तर अझै निर्माण कार्य जारी राखेको र सरकार वार्ताबाट पछाडि हटेको संघर्षरत पक्षको आरोप छ ।
यसैबिच एम्नेस्टी इन्टरनेसनल नेपाल, न्याय तथा अधिकार संस्था (जुरी–नेपाल), एड्भोकेसी फोरम नेपाल र अनौपचारिक क्षेत्र सेवा केन्द्र (इन्सेक) ले विज्ञप्ति जारी गरेर निर्माणाधीन केबलकारमा देखिएको विवाद वार्ता र संवादबाट हल गर्न सरकारलाई आग्रह गरेका छन् ।
खबर पढेर तपाईलाई कस्तो महसुस भयो ?
प्रतिक्रिया
भर्खरै
-
मेस्सी उत्कृष्ट खेलाडी घोषित
-
कङ्गोमा इबोला प्रकोप तीव्र, मृत्यु हुनेको सङ्ख्या ९९९ पुग्यो
-
न्यायपालिकाको पाँचौं रणनीतिक योजनामा भदौ २४ को विध्वंसको धक्का
-
एमआरपी अनिवार्य गर्ने निर्णयबाट फेरि पछि हट्यो सरकार, बजारमा भने कडाइ
-
शहिद गङ्गालाल हृदय केन्द्रद्वारा बालबालिकाको मुटु शल्यक्रिया सहायता रकम परिमार्जन
-
बुटवलमा रिभल्वर र गोलीसहित युवक पक्राउ
Games
एक्सक्लुसिभ स्टोरी
युनिकोड
मिति रूपान्तरण