प्रचण्ड सोमबार काठमाडौँ फर्किने
आइतबार, १० चैत २०८१, १७ : ४१
काठमाडौँ । आइतबार साँझ काठमाडौँ आउने भनिएका नेकपा माओवादी केन्द्रका अध्यक्ष पुष्पकमल दाहाल प्रचण्ड सोमबार मात्र फर्किने भएका छन् । सोमबार भरतपुर महानगरपालिकाको काम साथसाथै जिल्लामा अन्य कार्यक्रम पनि रहेकाले भोलि दिउँसो काठमाडौँ आउने प्रचण्डका स्वकीय सचिव गोविन्द आचार्यले जानकारी दिए ।
पूर्व–पश्चिम हुलाकी राजमार्ग केन्द्रित तराई मधेस जागरण अभियानको क्रममा शुक्रबार साँझ शीर्ष नेताहरू चितवन पुगेका थिए । अन्य नेताहरू शनिबार नै काठमाडौँ फर्किसकेका छन् ।
प्रचण्ड काठमाडौँ फर्किएपछि टिआरसी लगायत विषयमा छलफल गर्न प्रधानमन्त्री केपी ओली र कांग्रेसका सभापति शेरबहादुर देउवासँग भेटघाट गर्ने तयारी रहेको सचिवालयले बताएको छ ।
खबर पढेर तपाईलाई कस्तो महसुस भयो ?
प्रतिक्रिया
भर्खरै
-
निट पेपर लिकविरुद्ध जारी प्रदर्शनबारे बोले रक्षामन्त्री सिंह
-
कृष्णप्रसाद सिटौलाले भने– संकटका बेला पार्टीलाई एकताबद्ध बनाउन नेतृत्व किन हिचकिचाएको ?
-
विपक्षीले राष्ट्रियसभामा दर्ता गराए सार्वजनिक महत्वको प्रस्ताव
-
गच्छदारको गगन थापालाई सुझाव – असहमत पक्षलाई समेटेर बलियो कांग्रेसको सभापति बन्नुस्
-
असमझदारी र विवाद नसुल्झाए कांग्रेस विभाजन हुन सक्ने शशांकको चेतावनी
-
पार्टी एकतामा क्षति भए जिम्मेवारी नेतृत्वले लिनुपर्छ : डा. शशाङ्क कोइराला
Games
एक्सक्लुसिभ स्टोरी
युनिकोड
मिति रूपान्तरण