आखेटोपहार सहित युवक पक्राउ
आइतबार, १० चैत २०८१, २२ : ०८
काठमाडौँ । काठमाडौँको चन्द्रागिरि नगरपालिका–४ बाट प्रहरीले आखेटोपहार सहित एकजना युवकलाई पक्राउ गरेको छ । पक्राउ पर्नेमा दोलखाको सैलुङ गाउँपालिका–६ घर भएका ३२ वर्षीय सुवास तामाङ छन् ।
मकवानपुरको चित्लाङबाट काठमाडौँ आउँदै गरेका तामाङको साथबाट सालकको खपटा ८ थान, नङ्ग्रा १ थान र एकथान हड्डी बरामद गरिएको जिल्ला प्रहरी परिसर काठमाडौँका एसपी अपिलराज बोहराले रातोपाटीलाई बताए । दुम्सीको काँडा जस्तो देखिने ३ थान बस्तु पनि प्रहरीले बरामद गरेको छ ।
कम्मरमा भिर्ने झोलामा आखेटोपहार लिएर उनी काठमाडौँ आउँदै थिए । उनलाई थप अनुसन्धान र कारबाहीका लागि प्रहरीले डिभिजन वन कार्यालय काठमाडौँमा पठाएको छ ।
खबर पढेर तपाईलाई कस्तो महसुस भयो ?
प्रतिक्रिया
भर्खरै
-
कीर्तिपुरमा कारभित्र जलेका पुरुषको शव पोस्टमार्टमका लागि पठाइयो शिक्षण अस्पताल
-
एक वर्षमा तीन लाख ८१ हजार जनाले भरतपुर आँखा अस्पतालबाट लिए सेवा
-
नीति अनुसन्धान प्रतिष्ठान र मध्यपश्चिम विश्वविद्यालयबिच सहकार्य
-
माडीगज नियन्त्रणमा
-
सुदूरपश्चिममा दुध उत्पादनमा आत्मनिर्भरता, तर औपचारिक बजार व्यवस्थापन भने अझै कमजोर
-
जबरजस्ती करणी अभियोगमा दिल्ली क्यापिटल्सका पोरेललाई पक्राउ गर्न आदेश
Games
एक्सक्लुसिभ स्टोरी
युनिकोड
मिति रूपान्तरण