वनमन्त्री शाही जर्मनी प्रस्थान
आइतबार, १० चैत २०८१, २२ : ३९
काठमाडौँ । वन तथा वातावरणमन्त्री ऐनबहादुर शाही ठकुरी जर्मनीको राजधानी बर्लिनमा आयोजना हुने ‘पिटर्सवर्ग जलवायु संवाद’ मा सहभागी त्यसतर्फ प्रस्थान गरेका छन् ।
उनी आज साँझ कतार एयरवेजको विमानबाट त्यसतर्फ प्रस्थान गरेका हुन् । मन्त्री ठकुरीले सम्मेलनमा जलवायु परिवर्तनका असरबाट नेपालले भोग्नुपरेका चुनौती र वातावरण संरक्षणमा गरेको योगदानबारे ध्यानाकर्षण गराउनुहुने कार्यक्रम रहेको मन्त्रालयले जनाएको छ । उनी यही चैत १५ गते स्वदेश फर्किनेछन् ।
सन् २०१० मा तत्कालीन जर्मन चान्सलर एन्जेला मर्केलद्वारा सुरु गरिएको पिटर्सबर्ग जलवायु संवादमा संयुक्त राष्ट्रसङ्घीय जलवायु सम्मेलनमा सफल वार्ताको लागि आधार तयार गर्न वार्षिक रूपमा विभिन्न राष्ट्रबीच छलफल हुँदै आएको छ ।
खबर पढेर तपाईलाई कस्तो महसुस भयो ?
प्रतिक्रिया
भर्खरै
-
विशेष अदालत र श्रम अदालतको अध्यक्ष नियुक्त
-
२३ औँ एनएसजेएफ पल्सर स्पोर्ट्स अवार्ड भदौ १८ गते काठमाडौँमा हुने
-
शिक्षा र स्वास्थ्य समता शुल्क पूर्ण रूपमा छुट दिने सरकारको निर्णय
-
दिल्लीका प्रदर्शनकारी छात्रको समर्थनमा पटनामा प्रदर्शन, प्रहरीद्वारा पानीको फोहोरा र अश्रुग्यास प्रहार
-
एकलौटी ढङ्गले पार्टी चलाउन खोजिए कांग्रेसको आत्मासहित अगाडि बढ्छौँ : डा. प्रकाशशरण महत
-
तनावपूर्ण अवस्थामा शान्ति कायम गर्न अँगालो हाल्ने र चुम्बन गर्ने गर्छन् चिम्पान्जी
Games
एक्सक्लुसिभ स्टोरी
युनिकोड
मिति रूपान्तरण