आमा र छोरीले एकै दिन गरे विवाह
लन्डन । इङ्ग्ल्याण्डमा एकै दिन आमा–छोरीकै विवाह भएको छ । आमा र छोरीले सल्लाहमै एकै दिन विवाह गरेको बताइएको छ ।
डेली स्टार न्यूजका अनुसार योर्कमा बस्दै आएकी ३२ वर्षीय हन्नाह शेफर्डका दुई छोरी र एक छोरा छन् । २१ डिसेम्बर २०२४ मा उनको विवाह थियो ।
हन्नाहलाई उनका ६९ वर्षीय सौतेनी पिता फिलिप ग्रान्टले मण्डपसम्म लगेका थिए । हन्नाहको विवाह ३५ वर्षीय क्रिस्टोफर जोन्सनसँग हुँदै थियो ।
केही मिनेटमै हन्नाहकी ६४ वर्षीय आमा हेलेन शेफर्ड पनि बेहुली बनेर मण्डपमा पुगिन् । उनले फिलिपसँग विवाह गरिन् ।
हेलेनलाई भने उनकी अर्की छोरी समान्था ब्राउनले मण्डपसम्म पु¥याएकी थिइन् । समान्थाका दुई छोरा र एक छोरी छन् ।
हन्नाहले अनुसार आमा र छोरीले एकै दिन विवाह गर्नेमा सायद आफूहरू नै पहिलो भएको बताइन् । आमासँगको निकटताकै कारण यस्तो निर्णय लिएको उनको भनाइ छ ।
त्यो त हेलेनले फिलिपसँग १० वर्ष अघि नै विवाहको योजना बनाएकी थिइन् । तर उक्त योजना साकार हुन सकिरहेको थिएन ।
हन्नाहले क्रिससँग विवाह गर्ने तयारी गरेपछि हेलेनले पनि विवाहको योजना बनाइन् ।
खबर पढेर तपाईलाई कस्तो महसुस भयो ?
प्रतिक्रिया
भर्खरै
-
लैङ्गिक हिंसा र लैङ्गिक समानता विषयक प्रदेशस्तरीय सम्मेलन
-
केन्द्रमा एमाले–नेकपा मिल्ने चर्चाले मुख्यमन्त्री प्रस्ताव गरिसकेको कांग्रेसलाई तनाव !
-
निजी विद्यालय सञ्चालकलाई सिंहदरबार बोलाएर शिक्षामन्त्रीले के-के भने ?
-
भारतीय प्रधानमन्त्री मोदीको राजीनामा मागियाे
-
भारतमा सीजेपी आन्दोलनको राप (भिडियो)
-
डिभिजन वन कार्यालय धनगढी र पहलमानपुरको कागजात अख्तियारको नियन्त्रणमा
Games
एक्सक्लुसिभ स्टोरी
युनिकोड
मिति रूपान्तरण