इलाममा बालिका बलात्कारको घटना : ३ लाखमा मिलापत्र, ४ जना पक्राउ
सोमबार, ११ चैत २०८१, १२ : ३४

काठमाडौँ । इलामको माई नगरपालिका–२ स्थित शितली चिया बगानमा भएको बलात्कारको घटनामा ‘मिलापत्र’ गरेको पाइएको छ । १३ वर्षीया बालिकालाई बलात्कार गरेको कसुर मिलापत्र गरेको सूचना पाएपछि प्रहरीले ४ जनालाई पक्राउ गरेको हो ।
चैत ६ मा बालिका बलात्कृत भएकी थिइन् । बलात्कारमा संलग्न आरोपी माई नगरपालिका–२ बस्ने २४ वर्षीय केशव गिरी सहित ४ जनालाई पक्राउ गरिएको जिल्ला प्रहरी कार्यालय इलामका डीएसपी मान बहादुर राईले रातोपाटीलाई बताए ।
पीडित परिवारलाई ३ लाख दिएर ‘मिलापत्र’ गराउने आरोपीका बुवा ५८ वर्षीय केदारनाथ गिरी, काका ४३ वर्षीय यादव भनिने नारायण गिरी र उनीहरूका छिमेकी ३८ वर्षीय तुलाधर अर्याललाई प्रहरीले पक्राउ गरेको छ । उनीहरूले पीडितका परिवारलाई ३ लाख दिइसकेको डीएसपी राईले जानकारी दिए ।
खबर पढेर तपाईलाई कस्तो महसुस भयो ?
प्रतिक्रिया
भर्खरै
-
गायक नवीन के भट्टराई ब्यान्डसहित लन्डनमा
-
नागरिक उन्मुक्ति पार्टीले बोलायो केन्द्रीय समिति बैठक
-
हिउँ चितुवा संरक्षणका लागि अन्तरदेशीय सहकार्य आवश्यक : मन्त्री शाही
-
पहलगाम घटना : भैरहवामा शोकसभा र दीप प्रज्वलन
-
अमेरिकामा न्यायाधीश पक्राउ
-
नेपाल शिक्षक महासङ्घ वार्तामा बस्ने नै भएपछि पारदर्शी ढङ्गले जानु राम्रो हुन्छ : शंकर पोखरेल