इतिहासको पाङ्ग्रा पछाडि फर्काउने प्रयासलाई जनताले विफल पार्छन् : एमाले

काठमाडौँ । नेकपा एमालेले पार्टी सचिवालय बैठकका विषयमा केही नेपाली र विदेशी मिडियाहरूमा प्रकाशित समाचारबारे गम्भीर ध्यानाकर्षण भएको जनाएको छ । पार्टी महासचिव शङ्कर पोखरेलले सोमबार एक विज्ञप्ति जारी गर्दै पूर्व राजावादीहरुको केही दिनअघिको प्रदर्शनलाई लिएर प्रधानमन्त्री केपी शर्मा ओलीले भनेका भनेर प्रकाशित समाचार निराधार र अतिरञ्जित भएको भन्दै पार्टीको गम्भीर ध्यानाकर्षण भएको जनाएका हुन् ।
उनले ती समाचारले अनावश्यक रूपमा सनसनी फैलाउने एवम् नेपाल र भारतबिचको युगौँ पुरानो सम्बन्धमा आशङ्का बढाउने दुराशय बोकेका समेत बताएका छन् ।
उनले भने, ‘नेपालको संविधान र हामीले अवलम्बन गरेको लोकतान्त्रिक गणतन्त्र नेपाली जनताको सार्वभौम चयनको विषय हो । संसारका कुनै पनि लोकतान्त्रिक मुलुक र जनता लोकतन्त्रका ठाउँमा निरङ्कुशतन्त्र प्रश्रय दिन सहमत हुन सक्दैनन् भन्ने कुरामा हामी स्पष्ट छौँ । इतिहासको पाङ्ग्रालाई पछाडि फर्काउने कुनै पनि प्रयासलाई नेपाली जनताले सहजै विफल पार्छन् भन्ने कुरामा हामी विश्वस्त छौँ ।’
खबर पढेर तपाईलाई कस्तो महसुस भयो ?
प्रतिक्रिया
भर्खरै
-
नेपाल र नेदरल्यान्ड्सबीचको खेलमा पहिलो पटक तीन सुपर ओभर
-
१२ बजे १२ समाचार: धरौटी बुझाएर रिहा भए धवलशमशेर, भ्रातृ संस्थाबारे देउवा र गगन दुईतिर
-
तेस्रो सुपर ओभरमा नेदरल्यान्डसँग नेपाल पराजित
-
एघार महिनामा ४२ हजार पर्यटकले गरे रसुवाको भ्रमण
-
युद्धरत इजरायलमा रहेका नेपालीहरू सुरक्षित छन् ?
-
पाकिस्तानद्वारा इरानसँगको सीमा बन्द