विवाहित छोरीसँग परपुरुष देखेपछि पहिला कुटपिट, पछि छोरी नै जिम्मा लगाएर पठाए एक पिताले
पटना । भारतको बिहार राज्यको मुजफ्फरपुरमा विवाहित छोरीसँग परपुरुष भेटेपछि एक पिताले सुरुमा कुटपिट गरेको तर पछि तिनै परपुरुषलाई छोरी जिम्मा लगाएको घटना प्रकाशमा आएको छ ।
उक्त घटना बरियारपुर थाना क्षेत्रमा पर्ने लक्ष्मीपुरमा भएको भारतीय सञ्चारमाध्यमले जनाएका छन् । स्थानीय सचिन्द्र सिंहले आफ्नी विवाहित छोरीसँग परपुरुषलाई रङ्गेहात फेला पारेको बताइएको छ ।
सचिन्द्रकी छोरी फेन्सी विवाहित थिइन् । विवाहपछि पति सुस्त मनस्थितिको रहेको चाल पाएपछि फेन्सी आफ्नो माइतमै बस्दै आएकी थिइन् ।
मयंक नाम गरेका युवकले केही समयदेखि फेन्सीलाई मन पराउँदै आएका थिए । उनी बेलाबखत फेन्सीसँग भेट गर्न जान्थे । तर, गत शुक्रबार भने फेन्सीका पिताले उनीहरूलाई एकसाथ फेला पारेका थिए ।
हो–हल्ला गर्दै सचिन्द्रले गाउँलेलाई भेला पारे । भिडले मयंकलाई कुटपिट गरेको थियो ।
गाउँकै केही मानिसले उक्त घटनाबारे प्रहरीलाई खबर गरेका थिए । घटनास्थलमा प्रहरी पुग्दा फेन्सीको परिवार र गाउँलेले यस विषयमा सहमति भइसकेको भनेर प्रहरीलाई फर्काइदिए ।
त्यसपछि गाउँलेकै उपस्थितिमा सचिन्द्रले आफ्नी छोरी मयंकलाई सुम्पिए । गाउँमै हिन्दु परम्पराअनुसार दुवैको विवाह गरेर पठाइएको भारतीय सञ्चारमाध्यमले जनाएका छन् ।
खबर पढेर तपाईलाई कस्तो महसुस भयो ?
प्रतिक्रिया
भर्खरै
-
जानकी मन्दिरमा हर्क साम्पाङको स्वागतमा बसेका कार्यकर्ता लखेटिए
-
पाकिस्तानमा मनसुनी वर्षाका कारण ९ जनाको मृत्यु
-
विभिन्न देशद्वारा सामाजिक सञ्जालमा उमेरको सीमा कडा बनाउने नीति अख्तियार
-
सिरहा ट्राफिकद्वारा रु एक करोड बढी राजस्व सङ्कलन
-
प्रदेश सरकारको चाबी नेकपाको हातमा, तर पार्टीभित्र दुई मत
-
गड्यौला मलले फेरियो किसानको दैनिकी, अर्गानिक खेतीबाट लाखौँ आम्दानी
Games
एक्सक्लुसिभ स्टोरी
युनिकोड
मिति रूपान्तरण