सल्यानमा जीप दुर्घटना, १७ जना घाइते
सोमबार, ११ चैत २०८१, १४ : २५
सुर्खेत । सल्यानमा जीप दुर्घटना हुँदा १७ जना घाइते भएका छन् ।
सिद्धकुमाख गाउँपालिका–३ गतियानास्थित तिमिलेबाट श्रीनगरतर्फ जाँदै गरेको भे १ ज १२१४ नम्बरको जीप सोमबार बिहान ११ बजेततिर दुर्घटना भएको हो ।
जिल्ला प्रहरी कार्यालय सल्यानका अनुसार जीपमा चालकसहित १८ जना सवार थिए । बे्रक फेल भएर गाडी सडकको भित्तामा ठोक्किएर सडकमै पल्टिएको थियो ।
घाइतेहरुको श्रीनगरस्थित शारदा मेट्रो अस्पतालमा उपचार भइरहेको प्रहरी निरीक्षक रेशमबहादुर खत्रीले बताए । घाइतेहरुको अवस्था सामान्य रहेको र चालकलाई भने प्रहरीले नियन्त्रणमा लिएर अनुसन्धान भइरहेको प्रहरीले जनाएको छ ।
खबर पढेर तपाईलाई कस्तो महसुस भयो ?
प्रतिक्रिया
भर्खरै
-
अस्ट्रेलियामा दुर्लभ समान चम्ल्याहा छोरीको जन्म
-
म्याराथनको टिसर्टमा खुम्चिएका बीपी : फेसन कि समाजवाद ?
-
विपक्षी दलहरूले विपद् व्यवस्थापनबारे राष्ट्रियसभामा गृहमन्त्रीको ध्यानाकर्षण प्रस्ताव दर्ता गर्दै
-
एक खर्ब निक्षेप सङ्कलन गर्दै केन्द्रीय बैंक
-
प्रहरी कर्मचारीलाई ट्राफिक नियन्त्रण तालिम
-
कांग्रेसले घोषणा गर्यो कल्याण कोष
Games
एक्सक्लुसिभ स्टोरी
युनिकोड
मिति रूपान्तरण