बिहीबार, ०१ जेठ २०८२
ताजा लोकप्रिय
२४ घन्टाका ताजा अपडेट

पाँच महिनादेखि तलब नपाएको भन्दै शिक्षकहरूले गराए काठमाडौँ महानगरको ध्यानाकर्षण

सोमबार, ११ चैत २०८१, १४ : ५५
सोमबार, ११ चैत २०८१

काठमाडौँ । विगत पाँच महिनादेखि तलब नपाएको भन्दै शिक्षकहरूले काठमाडौँ महानगरपालिकाको ध्यानाकर्षण गराएका छन् । नेपाल शिक्षक महासङ्घ काठमाडौँ महानगर समितिले महानगरको ध्यानाकर्षण गराएको हो । 

काठमाडौँ महानगरपालिकामा सरकारले कार्यकारी अधिकृत नपठाउँदा शिक्षक तथा कर्मचारीहरूले तलब पाउन सकेका छैनन् । 

तलब नपाएपछि शिक्षकहरू कोठा भाडा तिर्न नसकेर, दैनिक उपभोग्य अत्यावश्यक सामग्री खरिद गर्न नसकेर, नियमित औषधि उपचार गर्न नपाएर गम्भीर समस्या पर्न गएको उनीहरूको भनाइ छ । 

तलब बिना भोको पेटले शिक्षकहरूले नियमित कार्यसम्पादन गर्न नसक्ने अवस्थामा पुगेकाले यथाशीघ्र शिक्षक तथा कर्मचारीहरूले नियमित तलब पाउने व्यवस्था गरिदिन अनुरोध गरे । 

काठमाडौँ महानगरबाट विद्यालयहरूमा हुने सबै प्रकारका भुक्तानी रोकिँदा विद्यालयले भुक्तानी गर्नुपर्ने पक्षहरूमा समेत गभीर असर पर्दै आएकोले विद्यालयको दैनिक प्रशासन सञ्चालनमा असर परेको महासङ्घको भनाइ छ । 

नयाँ शैक्षिक सत्रमा विद्यार्थीहरूलाई बेलैमा पाठ्यपुस्तक वितरण गरिनुपर्नेमा हालसम्म पनि शिक्षा विभागबाट खरिदका लागि समयमा निकास नभएको भन्दै नयाँ शैक्षिक सत्र सुरुवात गर्दा पठनपाठनमा समस्या आउनेतर्फ समेत ध्यानाकर्षण गराए । 

चैत १८ गतेसम्म सम्बोधन नभएमा शिक्षक महासङ्घ दोस्रो चरणको आन्दोलनमा जान बाध्य हुने चेतावनी समेत दिए । 

 

खबर पढेर तपाईलाई कस्तो महसुस भयो ?

प्रतिक्रिया

लेखकको बारेमा

रातोपाटी संवाददाता
रातोपाटी संवाददाता

‘सबैको, सबैभन्दा राम्रो’ रातोपाटी डटकम। 

लेखकबाट थप