पाँच महिनादेखि तलब नपाएको भन्दै शिक्षकहरूले गराए काठमाडौँ महानगरको ध्यानाकर्षण
काठमाडौँ । विगत पाँच महिनादेखि तलब नपाएको भन्दै शिक्षकहरूले काठमाडौँ महानगरपालिकाको ध्यानाकर्षण गराएका छन् । नेपाल शिक्षक महासङ्घ काठमाडौँ महानगर समितिले महानगरको ध्यानाकर्षण गराएको हो ।
काठमाडौँ महानगरपालिकामा सरकारले कार्यकारी अधिकृत नपठाउँदा शिक्षक तथा कर्मचारीहरूले तलब पाउन सकेका छैनन् ।
तलब नपाएपछि शिक्षकहरू कोठा भाडा तिर्न नसकेर, दैनिक उपभोग्य अत्यावश्यक सामग्री खरिद गर्न नसकेर, नियमित औषधि उपचार गर्न नपाएर गम्भीर समस्या पर्न गएको उनीहरूको भनाइ छ ।
तलब बिना भोको पेटले शिक्षकहरूले नियमित कार्यसम्पादन गर्न नसक्ने अवस्थामा पुगेकाले यथाशीघ्र शिक्षक तथा कर्मचारीहरूले नियमित तलब पाउने व्यवस्था गरिदिन अनुरोध गरे ।
काठमाडौँ महानगरबाट विद्यालयहरूमा हुने सबै प्रकारका भुक्तानी रोकिँदा विद्यालयले भुक्तानी गर्नुपर्ने पक्षहरूमा समेत गभीर असर पर्दै आएकोले विद्यालयको दैनिक प्रशासन सञ्चालनमा असर परेको महासङ्घको भनाइ छ ।
नयाँ शैक्षिक सत्रमा विद्यार्थीहरूलाई बेलैमा पाठ्यपुस्तक वितरण गरिनुपर्नेमा हालसम्म पनि शिक्षा विभागबाट खरिदका लागि समयमा निकास नभएको भन्दै नयाँ शैक्षिक सत्र सुरुवात गर्दा पठनपाठनमा समस्या आउनेतर्फ समेत ध्यानाकर्षण गराए ।
चैत १८ गतेसम्म सम्बोधन नभएमा शिक्षक महासङ्घ दोस्रो चरणको आन्दोलनमा जान बाध्य हुने चेतावनी समेत दिए ।
खबर पढेर तपाईलाई कस्तो महसुस भयो ?
१ प्रतिक्रिया
भर्खरै
-
नेपालको कूटनीति कसले चलाइरहेको छ? : गैरे
-
स्ट्रेट अफ होर्मुजलाई छलेर तेल निर्यात गर्ने योजना तीव्र बनाउँदै पश्चिम एसियाका तेल उत्पादक देशहरू
-
द ब्रिटिस मोडल कलेजका पाँच विद्यार्थी ड्युक अफ एडिनबर्ग्स इन्टरनेशनल अवार्डबाट सम्मानित
-
खैरो हेरोइनसहित ४ जना पक्राउ
-
बलात्कार र अपहरणको मुद्दामा १८ वर्षपछि राम चन्दुर निर्दोष ठहर
-
त्रिभुवन विश्वविद्यालय : राजनीतिक भागबन्डादेखि सेवा आयोगको अग्निपरीक्षासम्म
Games
एक्सक्लुसिभ स्टोरी
युनिकोड
मिति रूपान्तरण