काठमाडौँका यी ठुला क्याम्पस, जहाँ स्ववियु निर्वाचन हुन सकेन
काठमाडौँ । त्रिभुवन विश्वविद्यालयका ४२ वटा आङ्गिक र २५० भन्दा बढी सम्बन्धन प्राप्त कलेजहरूमा स्ववियु निर्वाचन सम्पन्न भएको छ । काठमाडौँ उपत्यकाका २२ वटा आङ्गिकमध्ये १३ वटामा स्ववियु निर्वाचन सम्पन्न भइसकेको छ ।
अब ९ वटा आङ्गिक क्याम्पसमा स्ववियु निर्वाचन हुन बाँकी छ । तीमध्ये केहीका लागि निर्वाचनको मिति तय भइसकेको छ भने केहीमा अनिश्चित छ ।
१०० भन्दा बढी विद्यार्थीले मतदान गरिसकेको अवस्थामा निर्वाचन स्थगित भएको पाटन संयुक्त क्याम्पसमा चैत १६ गतेका लागि स्ववियु निर्वाचन तोकिएको छ ।
त्यस्तै लैनचौरस्थित अमृत साइन्स क्याम्पस र प्रदर्शनीमार्गस्थित रत्न राज्यलक्ष्मी (आरआर) क्याम्पसमा चैत ४ गते राति तालाबन्दी गरिएका कारण निर्वाचन हुन सकेन । आरआर क्याम्पसमा चैत १६ गतेका लागि निर्वाचनको मिति तय गरिएको छ ।
अनेरास्ववियु र एकीकृत समाजवादी निकट अनेरास्ववियूले राति ११ बजेतिर आरआर क्याम्पसमा तालाबन्दी गरेका थिए । आरआर क्याम्पसको मूल गेट र भित्र निर्वाचन समितिको कार्यालयमा ताला लगाइएको थियो । आफूण् पराजित हुने देखिएपछि एकाएक तालाबन्दी गरेको नेविसंघ लगायत अन्य संगठनहरूको आरोप छ ।
आरआरमा २०७९ सालमा समेत निर्वाचन हुन सकेको थिएन । एकीकृत समाजवादी निकट अनेरास्ववियू, नेविसंघ र अखिल क्रान्तिकारीको तालाबन्दीका कारण त्यो बेला निर्वाचन हुन सकेको थिएन ।
अमृत साइन्स क्याम्पसमा चैत १० गते निर्वाचन भयो, जसमा अनेरास्ववियुको पूरै प्यानल निर्वाचित भएको छ । यसैगरी त्रिचन्द्र क्याम्पसमा चैत १३ गतेका लागि चुनाव तय भएको छ ।
तीबाहेक त्रिभुवन विश्वविद्यालय केन्द्रीय क्याम्पस, नेपाल ल क्याम्पस, पब्लिक युथ क्याम्पस, सरस्वती बहुमुखी क्याम्पस, शंकरदेव क्याम्पस र विश्वभाषा क्याम्पसमा स्ववियु निर्वाचन हुन बाँकी छ ।
त्रिवि केन्द्रीय क्याम्पसमा चैत ८ गतेका लागि निर्वाचनको मिति तोकिएको थियो । नेविसंघको आन्तरिक विवादपछि निर्वाचन सारिए पनि अन्तिममा आएर असन्तुष्ट पक्षले नै अदालतमा मुद्दा हालेपछि केन्द्रीय क्याम्पसको निर्वाचन समेत अनिश्चित बनेको छ ।
त्यस्तै नेपाल ल क्याम्पसमा चैत १९ गते स्ववियु निर्वाचनको मिति घोषणा गरिएको छ । नेपाल ल क्याम्पसमा चैत ११ गते (आज) देखि नै निर्वाचन प्रक्रिया सुरु भएको छ, जस अनुसार चैत १९ गते बिहान ८ बजेदेखि दिउँसो ४ बजेसम्म मतदान हुनेछ । ल क्याम्पसमा फर्जी विद्यार्थी भर्ना गरेको विषयमा विवाद सिर्जना भएपछि निर्वाचनको प्रक्रिया अगाडि बढ्न सकेको थिएन ।
निर्वाचन प्रक्रिया अगाडि बढाउन माग गर्दै नेविसंघले रिले अनशनसमेत थालेको थियो ।
पब्लिक युथ क्याम्पसमा समेत निर्वाचन अनिश्चित बनेको छ । मतदाता नामावलीको विषयलाई लिएर फागुन २७ गते अखिल क्रान्तिकारीले सो क्याम्पसमा तालाबन्दी गरेको थियो । त्यसपछि क्याम्पस प्रशासन र निर्वाचन समितिले विवादित विद्यार्थीहरूको नाम मतदाता सूचीबाट हटाएको थियो ।
विद्यार्थीहरूको मतदान गर्ने अधिकारलाई कुण्ठित गरेको भन्दै नेविसंघले पब्लिक युथ क्याम्पसमा तालाबन्दी गरेको थियो । भर्ना भइसकेका विद्यार्थीहरूको नामावली कायम राख्नुपर्ने र मतदान गर्ने अधिकार हुनुपर्ने बताउँदै नेविसंघले तालाबन्दी गरेपछि स्ववियु निर्वाचन अनिश्चित बनेको हो ।
सरस्वती क्याम्पसमा निर्वाचन अधिकृतले फागुन २६ गते नै सूचना जारी गरेर फागुन २७ गतेदेखिका बाँकी प्रक्रिया स्थगित गरेका थिए । तालाबन्दीका कारण निर्वाचन गराउन सकिने अवस्था नरहेको बताउँदै स्थगित गरिएको निर्वाचन प्रक्रिया अझै सुरु हुन सकेको छैन ।
त्यस्तै शंकरदेव क्याम्पस र विश्वभाषा क्याम्पसमा समेत स्ववियु निर्वाचन अनिश्चित बनेको छ । ती क्याम्पसमा फर्जी विद्यार्थी भर्ना गरेको विषय, क्याम्पस प्रशासन तथा स्ववियु निर्वाचन समिति निष्पक्ष नभएको जस्ता आरोप लगाउँदै विद्यार्थी संगठनहरूको तालाबन्दी गरेका कारण निर्वाचन अनिश्चित बनेको हो ।
निर्वाचन सम्पन्न भएका उपत्यकाका आङ्गिक क्याम्पसहरू
संघीय राजधानीका २२ वटा आङ्गिक क्याम्पसमध्ये १३ वटामा स्ववियु निर्वाचन सम्पन्न भएको छ । जसमा नेविसंघ ६, अनेरास्ववियु ४, अखिल क्रान्तिकारी २ र स्वतन्त्र १ आङ्गिक क्याम्पसमा स्ववियु निर्वाचत जितेका छन् ।
- नेविसंघले जितेको उपत्यकाका आङ्गिक क्याम्पस र अध्यक्षहरू
१. आयुर्वेद क्याम्पस (कीर्तिपुर, काठमाडौँ)– निशान अर्याल
२. थापाथली क्याम्पस (थापाथली, काठमाडौँ)– प्रह्लाद खड्का
३. महाराजगञ्ज नर्सिङ क्याम्पस (महाराजगञ्ज, काठमाडौँ)– विन्दु पोखरेल
४. महाराजगञ्ज मेडिकल कलेज (महाराजगञ्ज, काठमाडौँ)– विवेक कुमार यादव
५. भक्तपुर बहुमुखी क्याम्पस (भक्तपुर)– पुकार पराजुली
६. पद्मकन्या क्याम्पस (काठमाडौँ)– भूपी ऐर (नेविसंघकी बागी उम्मेदवार) ।
- अनेरास्ववियुले जितेको उपत्यकाका आङ्गिक क्याम्पस र अध्यक्षहरू
१. महेन्द्र रत्न क्याम्पस (ताहचल, काठमाडौँ– ईश्वर थापा
२. ललित कला क्याम्पस (भोटाहिटी, काठमाडौँ)– आशिष पौडेल
३. नेपाल कमर्स क्याम्पस (मीनभवन, काठमाडौँ)– विशाल रोकाहा
४. अमृत साइन्स क्याम्पस (काठमाडौँ)– रुद्रहरी पोखरेल
- अखिल क्रान्तिकारीले जितेका उपत्यकाका आङ्गिक क्याम्पस र अध्यक्षहरू
१. सानोठिमी क्याम्पस (भक्तपुर)– नरेन्द्रसिंह ठगुन्ना
२. जनप्रशासन क्याम्पस (बल्खु, काठमाडौँ)– अनिकेत तिवारी
- स्वतन्त्रले जितेका उपत्यकाका आङ्गिक क्याम्पस र अध्यक्ष
१. पुल्चोक इन्जिनियरिङ क्याम्पस (ललितपुर)– स्वयम श्रेष्ठ
खबर पढेर तपाईलाई कस्तो महसुस भयो ?
प्रतिक्रिया
भर्खरै
-
प्रथम मेयर कप फुटबल प्रतियोगिताको उपाधि सुर्खेतलाई
-
विदेश पठाउने नाममा २९ लाख ठगी गर्ने दुई जना पक्राउ
-
सचिव पुष्कर नियन्त्रण प्रकरण: प्रहरीले थमाएको थियो जरुरी पक्राउ पुर्जी
-
सशस्त्रका ७ डिआइजीको सरुवा, ७ जनाको पदस्थापन
-
१२ बजे १२ समाचार: यस्ता छन् आजका प्रमुख समाचार
-
दिल्लीको उच्चस्तरीय भेटघाट सकेर लखनउ पुगे रवि लामिछाने, विमानस्थलमा उत्तर प्रदेशका उपमुख्यमन्त्रीले गरे स्वागत
Games
एक्सक्लुसिभ स्टोरी
युनिकोड
मिति रूपान्तरण