आन्दोलनरत शिक्षकहरुलाई वार्तामा आउन सरकारको आग्रह
काठमाडौं । आन्दोलनरत शिक्षकहरुलाई वार्तामा आउन सरकारले आग्रह गरेको छ । यथाशिघ्र विद्यालय शिक्षा ऐन जारी गर्नुपर्ने माग राख्दै आन्दोलन गर्दै आएका शिक्षकहरुलाई वार्तामा आउन सरकारले आग्रह गरेको हो ।
त्यसका लागि शिक्षा, विज्ञान तथा प्रविधि मन्त्रालयले शिक्षा तथा मानव स्रोत विकास केन्द्रका महानिर्देशक कृष्ण काप्रीको संयोजकत्वमा तीन सदस्यीय वार्ता समिति गठन गरेको थियो । वार्ता समितिले आन्दोलनतर नेपाल शिक्षक महासंघलाई वार्तामा आउन आग्रह गरेको हो ।
महासंघले उठान गरेको विषय, आन्दोलनका विषयमा छलफल गर्न मन्त्रालयले वार्ता समिति गठन गरेको थियो । वार्ता समितिको पहिलो बैठकले नेपाल शिक्षक महासंघलाई पत्राचार गर्दै वार्ताका लागि आग्रह गरेको हो ।
‘हिजो हामी बैठक बसेर वार्ताका लागि आह्वान गरेका छौं । विगतमा गरेका सहमति अनुसार कुन कुन विषयहरु विधेयकमा समेटिए, कुन कुन बाँकी छन् । छलफल गरौं भनेर आह्वान गरेका छौं,’ महानिर्देशक काप्रीले भने ।
अहिले एसईई, विद्यार्थी भर्ना अभियान जस्ता विषय चलिरहेको बेला महासंघले विगतमा सरकारले आफूसँग गरेको सहमतिलाई समेटेर विद्यालय शिक्षा ऐन जारी गर्नुपर्ने मागसहित महासंघ आन्दोलनमा उत्रिएको हो ।
महासंघ यतिबेला केन्द्रमा नै अनशन बस्दै आएको छ । चैत २० गते देशभरका शिक्षक कर्मचारीहरुलाई काठमाडौंका सडकमा उतार्ने महासंघले चेतावनी दिदै आएको छ । यसअघि फागुन २४ गते शिक्षकहरुले सांकेतिक रुपमा माइतीघरमण्डलामा धर्ना दिएका थिए ।
खबर पढेर तपाईलाई कस्तो महसुस भयो ?
प्रतिक्रिया
भर्खरै
-
झापामा नयाँ कारागार भवन निर्माण गर्न डिपिआर तयार गरिँदै
-
मालीका पूर्व गुप्तचर प्रमुखलाई १५ वर्ष कैद
-
भयावह बन्दै डढेलो : विस्थापित हुनेको सङ्ख्या १ लाख ३५ हजार पुग्यो
-
यौन दुराचारको आरोपमा आईसीसीका अभियोजक करिम खान बर्खास्त
-
इच्छाकामनाका ३४ परिवारलाई जग्गा धनी प्रमाणपत्र वितरण
-
१२ बजे १२ समाचार: कांग्रेसभित्र ध्रुवीकरण तीव्र, सरकारी वकिलको निर्देशन प्रहरीद्वारा अस्वीकार !
Games
एक्सक्लुसिभ स्टोरी
युनिकोड
मिति रूपान्तरण