समाचार
कुलमान हटाउने सरकारको निर्णयमा ऊर्जाराज्य मन्त्री असन्तुष्ट
सोमबार, ११ चैत २०८१, २२ : ४८
काठमाडौँ । नेपाल विद्युत प्राधिकरणको नेतृत्वबाट कुलमान घिसिङलाई हटाउने निर्णयप्रति ऊर्जाराज्यमन्त्री असन्तुष्ट बनेका छन् । विभागीय मन्त्री दीपक खड्काको प्रस्तावमा सोमबारको मन्त्रिपरिषद् बैठकले कुलमानलाई हटाउने निर्णय गरेपनि राज्यमन्त्री पूर्णबहादुर तामाङ (कान्छाराम) भने असन्तुष्ट बनेका हुन् ।
स्रोतका अनुसार कान्छारामले सरकारको निर्णय गलत भएको आफू निकटस्थलाई बताएका छन् । ‘मैले विगतदेखि नै कुलमानलाई हटाउनु हुँदैन भन्दै आएको हो । सुनुवाइ भएन । तर यो गलत छ’, उनले निकटस्थलाई भनेका छन् । अब कुलमान अदालत जाने बाटो खुलै रहेको भन्दै उनले कुलमानको प्राधिकरणमा रहने बाटो अझैपनि जनता र अदालतको हातमा रहेको बताएका छन् ।
मन्त्रिपरिषद्को निर्णयपछि कान्छारामलाई रातोपाटीले सम्पर्क गर्दा यत्ति भने, ‘सरकारले निर्णय गरिसक्यो । मेरो के प्रतिक्रिया रह्यो र !’
खबर पढेर तपाईलाई कस्तो महसुस भयो ?
प्रतिक्रिया
भर्खरै
-
मनसुन अवधिभर विशेष सावधानी अपनाउन प्राधिकरणको आग्रह
-
‘ग्रे लिस्ट’बाट हटाउन सबैको संयुक्त प्रयास आवश्यकः महालेखापरीक्षक राया
-
खैरो हेरोइनसहित दुई महिला पक्राउ
-
बिल बिजक नराख्नेलाई विभागको जरिवाना
-
१२ बजे १२ समाचार: बालेन सरकारको कूटनीतिमाथि विपक्षीको प्रश्न, कोशीमा मुख्यमन्त्री बन्न दौडधुप
-
इरानमाथि पुनः नाकाबन्दी लागू गरेयता ९ जहाजको मार्ग परिवर्तन गराइएको अमेरिकी सेनाको दाबी
Games
एक्सक्लुसिभ स्टोरी
युनिकोड
मिति रूपान्तरण