त्रिचन्द्र क्याम्पसका सात विद्यार्थी संगठनले मागे स्ववियु निर्वाचन अधिकृतको राजीनामा
काठमाडौँ । त्रिचन्द्र क्याम्पसमा सात विद्यार्थी संगठनले स्ववियु निर्वाचन अधिकृतको राजीनामा माग गरेका छन्। आफूहरूसँग समन्वय नै स्ववियु निर्वाचनको मिति घोषणा गरेको भन्दै विभिन्न ७ नगरी स्ववियु निर्वाचन मिति तोकिएको भन्दै राजीनामा माग गरेका हुन्।
अनेरास्ववियु, अनेरास्ववियू, अनेरास्ववियू क्रान्तिकारी, अनेरास्ववियु क्रान्तिकारी बहुमत,अनेरास्ववियू समाजवादी,अनेरास्ववियु छैटौँ र नेपाल आदिवासी जनजाति विद्यार्थी महासंघले संयुक्त विज्ञप्ति जारी गर्दै राजीनामा माग गरेका हुन्।
विवादास्पद निर्वाचन अधिकृतले तुरुन्तै राजीनामा गरी निष्पक्ष निर्वाचन समितिका लागि मार्ग प्रशस्त गर्न माग गरेका छन्। क्याम्पस प्रशासनले १२ सय फर्जीकार्ड प्रकाशन गरेर निर्वाचनलाई प्रभावित बनाएर अमुक संगठनलाई जिताउन लागि परेको उनीहरूको माग छ । त्रिचन्द्रमा भोलि चैत १३ गतेका लागि स्ववियु निर्वाचन मिति तोकिएको थियो।
नेविसंघको असन्तुष्ट पक्षले समेत तालाबन्दी गर्दै क्याम्पस प्रमुख र निर्वाचन अधिकृतको राजीनामा माग गरेको छ। आफूहरूलाई बेवास्ता गरी निर्वाचनको प्रक्रिया अगाडी बढाएको भन्दै नेविसंघको असन्तुष्ट समूहले समेत क्याम्पस प्रमुख र निर्वाचन अधिकृतलाई क्याम्पस प्रवेशमा रोक लगाएको छ। उनीहरूलाई क्याम्पस प्रवेश निषेध गरिएको ब्यानर टाँसेर तालाबन्दी गरेको हो ।
खबर पढेर तपाईलाई कस्तो महसुस भयो ?
प्रतिक्रिया
भर्खरै
-
लैङ्गिक हिंसा र लैङ्गिक समानता विषयक प्रदेशस्तरीय सम्मेलन
-
केन्द्रमा एमाले–नेकपा मिल्ने चर्चाले मुख्यमन्त्री प्रस्ताव गरिसकेको कांग्रेसलाई तनाव !
-
निजी विद्यालय सञ्चालकलाई सिंहदरबार बोलाएर शिक्षामन्त्रीले के-के भने ?
-
भारतीय प्रधानमन्त्री मोदीको राजीनामा मागियाे
-
भारतमा सीजेपी आन्दोलनको राप (भिडियो)
-
डिभिजन वन कार्यालय धनगढी र पहलमानपुरको कागजात अख्तियारको नियन्त्रणमा
Games
एक्सक्लुसिभ स्टोरी
युनिकोड
मिति रूपान्तरण