परीक्षामा चिट चोराएको भन्दै कर्जन्हा परीक्षा केन्द्रका निरीक्षक निष्कासित
सिरहा । माध्यमिक शिक्षा परीक्षा (एसईई)मा परीक्षाको मर्यादा विपरीत गतिविधि गरेको भन्दै सिरहाको कर्जन्हा परीक्षा केन्द्रका एक निरीक्षकलाई निष्कासन गरेको छ। आज भइरहेको विज्ञान विषयको परीक्षामा अमर्यादित गतिविधि गरेको भन्दै शिक्षक सुनिल कुमार लामालाई निष्कासन गरेको हो।
निरीक्षक आफै परीक्षार्थीलाई चिट चोराउन सक्रिय रहेको भेटिएकोले तत्काल केन्द्राध्यक्षलाई निष्कासन गरिएको जिल्ला शिक्षा विकास तथा समन्वय इकाई प्रमुख दीपक कोलोनीले जानकारी दिए।
उनका अनुसार परीक्षामा परीक्षार्थीलाई गेसपेपर, मोबाइल छिराएर चिट चोराउन सहयोग गरेकोले हाललाई निष्कासन गरेको छ। उनीमाथि थप कारबाही पनि हुने छ।
सुनिल कुमार लामा जनता आधारभूत विद्यालय, कर्जन्हा ४ भुल्केका शिक्षक हुन्।
यस परीक्षा केन्द्रका जिल्लाकै सबैभन्दा महँगो निजी विद्यालय स्वस्तिक पाठशाला, मिर्चैया र नेपाल राष्ट्रिय फुलकुमारी महतो माध्यमिक विद्यालयको परीक्षा केन्द्र रहेको छ।
सिरहामा ५० वटा परीक्षा केन्द्र रहेको छ। परीक्षामा १० हजार सात सय तीन जना परीक्षार्थी सहभागी रहेका छन्।
खबर पढेर तपाईलाई कस्तो महसुस भयो ?
प्रतिक्रिया
भर्खरै
-
दोलखामा पहिरो जाँदा एक व्यक्ति बेपत्ता
-
कांग्रेसको ग्रीन रन प्रतियोगिता शुभारम्भ
-
अण्डाको मूल्य बढ्यो, कति पुग्याे प्रतिक्रेट ?
-
नखाई कति दिनसम्म बाँच्न सक्छ मान्छे ?
-
देशभरका मुख्य राजमार्गमा बाढी र पहिरोको कहर, कहाँ कहाँ छ अवरोध? (पूर्ण विवरण)
-
टेस्टोस्टेरोन कम हुँदा पुरुषहरूमा देखिने यस्ता हुन्छन् लक्षण
Games
एक्सक्लुसिभ स्टोरी
युनिकोड
मिति रूपान्तरण