आईपीएलमा नदेखिएका डेभिड वार्नर पीएसएल क्लब कराँची किङ्सको कप्तान
काठमाडौँ । अहिले इन्डियन प्रिमियर लिग (आईपीएल) को १८औँ संस्करण चलिरहेको छ । अर्कोतिर, पाकिस्तानमा पनि पाकिस्तान सुपर लिग (पीएसएल) को १०औँ संस्करणको तयारी चलिरहेको छ ।
पीएसएलको आगामी संस्करण मार्च ११ तारिखदेखि सुरु हुनेछ । आईपीएलको १८औँ संस्करणमा नदेखिएका एक प्रभावशाली अस्ट्रेलियन खेलाडीले पीएसएल भने खेल्ने भएका छन् ।
अस्ट्रेलियाका चर्चित क्रिकेटर डेभिड वार्नरलाई पीएसएल क्लब कराँची किङ्सले आफ्नो कप्तान बनाएको हो । ३८ वर्षीय वार्नर अस्ट्रेलियन टोलीका पूर्वओपनर ब्याट्सम्यान हुन् ।
कराँची किङ्सका मालिक सलमान ईकबालले डेभिड वार्नरजस्ता प्रभावशाली खेलाडीलाई कप्तान बनाउन पाएकोमा निकै खुसी लागेको बताएका छन् । उनले वार्नरको कप्तानीमा टोलीले महत्वपूर्ण उपलब्धि हासिल गर्ने विश्वास पनि व्यक्त गरेका छन् ।
आईपीएलको १८औँ संस्करणका लागि वार्नरलाई उनको क्लब दिल्ली क्यापिटल्सले रिटेन गरेको थिएन । मेगा अक्सनमा समेत वार्नरलाई कुनै पनि क्लबले खरिद गरेका थिएनन् । आईपीएलको मेगा अक्सनमा उनको न्युनतम मूल्य दुई करोड भारतीय रुपैयाँ थियो ।
अब उनी पहिलो पटक पाकिस्तान सुपर लिग खेल्न मैदानमा ओर्लनेछन् । उनले सन् २००९ देखि सन् २०२४ सम्म आईपीएल खेलेका थिए । आईपीएलमा उनले कुल एक सय ८४ खेल खेलेका छन् । उनले आईपीएलमा १३९.७७ को स्ट्राइक रेट र ४०.५२ को औसतमा रन बनाएका छन् ।
वार्नरले आईपीएलमा कुल ६ हजार पाँच सय ६५ रन बनाएका छन् । यसक्रममा उनले चार शतक र ६२ अर्धशतक बनाएका छन् । आईपीएलमा उनको उच्च स्कोर एक सय २६ रन हो । टी–२० अन्तर्राष्ट्रियमा पनि उनको प्रदर्शन अब्बल देखिन्छ ।
वार्नरले एक सय १० टी–२० अन्तर्राष्ट्रियमा १४२.४७ को स्ट्राइक रेट र ३३.४३ को औसतले कुल तीन हजार दुई सय ७७ रन बनाएका छन् । यसक्रममा उनले एक शतक र २८ वटा अर्धशतक पनि प्रहार गरेका छन् ।
खबर पढेर तपाईलाई कस्तो महसुस भयो ?
प्रतिक्रिया
भर्खरै
-
बागमतीमा एमालेले लियो सरकारलाई दिएको समर्थन फिर्ता
-
सुदूरपश्चिम प्रदेश : अधिकांश मन्त्रालयको पुँजीगत खर्च कमजोर
-
बाथरुममा लडेर घाइते भए पियुष मिश्रा
-
जङ्गलमा लुकाइराखेका ११ नाल भरुवा बन्दुक बरामद
-
ट्रम्पको धम्कीपछि क्यानडाले रद्द गर्यो संयुक्त पुल उद्घाटन समारोह
-
हुथीको धम्कीपछि साउदीका तेल ट्याङ्कर फर्किए
Games
एक्सक्लुसिभ स्टोरी
युनिकोड
मिति रूपान्तरण