पुटिनले उपहारमा ट्रम्पलाई दिए आफैँले कोरेको ट्रम्पको तस्बिर
मस्को । रुसी राष्ट्रपति भ्लादिमिर पुटिनले अमेरिकी राष्ट्रपति डोनाल्ड ट्रम्पलाई आफूले बनाएको तस्बिर उपहार दिएका छन् । पुटिनले यस महिनाको सुरुमा मस्कोमा ट्रम्पका विशेष दूत स्टिभ विटकफको हातमा उक्त तस्बिर दिएका थिए । सोमबार पत्रकारको प्रश्नको जवाफ दिँदै क्रेमलिनका प्रवक्ता दिमित्री पेस्कोभले यो कुरा पुष्टि गरेका छन् ।
तर, यस सम्बन्धमा उनले थप कुनै पनि टिप्पणी गर्न अस्वीकार गरेका छन् । विटकफले पहिलो पटक गत हप्ता एक अन्तरवार्तामा उपहारबारे उल्लेख गरेका थिए । विटकफले ट्रम्पलाई आफूले पुटिनको हातबाट पाएको तस्बिर दिएपछि उनी यसबाट प्रभावित भए र यसलाई सुन्दर भनेको भन्दै फक्स न्यूजले समाचारमा भनेको छ । अन्तरवार्ताको क्रममा, विटकफले पुटिनको उपहारलाई ‘दयाल’ बताएका थिए ।
गत वर्ष पेन्सिलभेनियामा एक चुनावी र्यालीमा ट्रम्पलाई गोली हानेको खबर सुनेपछि आफूले ट्रम्पका लागि प्रार्थना गरेको भनेर पुटिनले आफूलाई बताएको पनि विटकफले सम्झिए । युक्रेनमा जारी युद्ध अन्त्य गर्ने अमेरिका प्रयासरत छ । यसका लागि अमेरिकाले रुस र युक्रेनी प्रतिनिधिमण्डलसँग साउदी अरबमा छुट्टा छुट्टै वार्ता गरिरहेको छ ।
खबर पढेर तपाईलाई कस्तो महसुस भयो ?
प्रतिक्रिया
भर्खरै
-
साझाको हरियो पहिचान बदलेर ‘ब्लू बस’ बनाउनु उपयुक्त छैन, रङ होइन सोच बदलौँ : कुलमान घिसिङ
-
विकासको विरोधाभास : चिल्लो सडक, रित्तो गाउँ
-
बजेट जनमुखी, गरिबमुखी र नीतिमा आधारित छ : मुख्यमन्त्री बानियाँ
-
डेढ करोड नागरिक जोडिएको क्षेत्रमा अध्यादेश ल्याएको भन्दै एमालेको असन्तुष्टि
-
प्रतिष्ठानका पदाधिकारी नियुक्तिलाई निष्पक्ष र पारदर्शी बनाउन विधेयक ल्याइएको हो : स्वास्थ्य मन्त्री
-
भेनेजुएलामा भूकम्प अपडेट : मृतकको सङ्ख्या दुई हजार ६४५ पुग्यो
Games
एक्सक्लुसिभ स्टोरी
युनिकोड
मिति रूपान्तरण