टर्कीमा विपक्षी दलको प्रदर्शन जारी, दलहरूले हिंसा भड्काइरहेका एर्दाेआनको आरोप

इस्तानबुल । सोमबार लगातार छैटौँ रात पनि टर्कीमा विरोध प्रदर्शन जारी रह्यो । राष्ट्रपति रेसेप तैयप एर्दाेआनले हिंसा भड्काइरहेको भन्दै विपक्षी दलहरूलाई दोष लगाएका छन् । ‘राजनीतिक दलहरूले हिंसात्मक गतिविधिलाई बढवा दिइरहेका छन्,’ उनले भने । टर्कीमा यो विरोध प्रदर्शन इस्तानबुलका मेयर तथा रिपब्लिकन पिपुल्स पार्टी (सीएचपी)का एकराम इमामोअलुको गिरफ्तारी पछि सुरु भएको थियो ।
भ्रष्टाचार र अतिवादी समूहहरूलाई सहयोग गरेको आरोपमा प्रहरीले बुधबार इमामोअलुलाई औपचारिक रूपमा पक्राउ गरेको थियो । इमामोग्लु केही दिन पछि २०२८ को राष्ट्रपति चुनावको लागि सएिचपीको उम्मेदवारको रूपमा मनोनित हुँदै थियो । सोमबार हजारौँ मानिसहरू फेरि एक पटक विरोध प्रदर्शन गर्न सडकमा भेला भए ।
भीडलाई तितरबितर पार्न आइतबार राति प्रहरीले प्रदर्शनकारीमाथि अश्रुग्यास र रबरका गोली प्रहार गरेको थियो । यसैबिच, इमामोअलुलाई मेयर पदबाट हटाइएको छ । ‘माथि लगाइएका आरोपहरू राजनीतिक रूपमा प्रेरित छन्’ उनले भनेका छन् । तर इमामोअलुको यस दाबीलाई एर्दाेआनले अस्वीकार गरेका छन् ।
खबर पढेर तपाईलाई कस्तो महसुस भयो ?
प्रतिक्रिया
भर्खरै
-
तेस्रो सुपर ओभरमा नेदरल्यान्डसँग नेपाल पराजित
-
एघार महिनामा ४२ हजार पर्यटकले गरे रसुवाको भ्रमण
-
युद्धरत इजरायलमा रहेका नेपालीहरू सुरक्षित छन् ?
-
पाकिस्तानद्वारा इरानसँगको सीमा बन्द
-
अमेरिकी हतियार किन्ने विषयमा राष्ट्रपति ट्रम्पसँग छलफल गरिन्छ : जेलेन्स्की
-
जसपा नेपालको लिम्बुवान राष्ट्रिय समितिको अधिवेशनबाट नयाँ नेतृत्व निर्वाचित