टर्कीमा विपक्षी दलको प्रदर्शन जारी, दलहरूले हिंसा भड्काइरहेका एर्दाेआनको आरोप
इस्तानबुल । सोमबार लगातार छैटौँ रात पनि टर्कीमा विरोध प्रदर्शन जारी रह्यो । राष्ट्रपति रेसेप तैयप एर्दाेआनले हिंसा भड्काइरहेको भन्दै विपक्षी दलहरूलाई दोष लगाएका छन् । ‘राजनीतिक दलहरूले हिंसात्मक गतिविधिलाई बढवा दिइरहेका छन्,’ उनले भने । टर्कीमा यो विरोध प्रदर्शन इस्तानबुलका मेयर तथा रिपब्लिकन पिपुल्स पार्टी (सीएचपी)का एकराम इमामोअलुको गिरफ्तारी पछि सुरु भएको थियो ।
भ्रष्टाचार र अतिवादी समूहहरूलाई सहयोग गरेको आरोपमा प्रहरीले बुधबार इमामोअलुलाई औपचारिक रूपमा पक्राउ गरेको थियो । इमामोग्लु केही दिन पछि २०२८ को राष्ट्रपति चुनावको लागि सएिचपीको उम्मेदवारको रूपमा मनोनित हुँदै थियो । सोमबार हजारौँ मानिसहरू फेरि एक पटक विरोध प्रदर्शन गर्न सडकमा भेला भए ।
भीडलाई तितरबितर पार्न आइतबार राति प्रहरीले प्रदर्शनकारीमाथि अश्रुग्यास र रबरका गोली प्रहार गरेको थियो । यसैबिच, इमामोअलुलाई मेयर पदबाट हटाइएको छ । ‘माथि लगाइएका आरोपहरू राजनीतिक रूपमा प्रेरित छन्’ उनले भनेका छन् । तर इमामोअलुको यस दाबीलाई एर्दाेआनले अस्वीकार गरेका छन् ।
खबर पढेर तपाईलाई कस्तो महसुस भयो ?
प्रतिक्रिया
भर्खरै
-
संघको सिकोः गण्डकीमा पनि स्वकीय सचिव लिने तयारी
-
पूर्वी अफगानिस्तानमा बाढीबाट ४० भन्दा बढीको मृत्यु
-
सुदूरपश्चिम विश्वविद्यालयका डिनको गाडी चोर्ने आरोपी काठमाडौँबाट पक्राउ
-
पेपर लिक प्रकरणमा राजनीति नगर्न जेपी नड्डाको चेतावनी, आन्दोलनकारीसँग वार्ताको ढोका खुला
-
फाइनलअघि मेस्सीले चेन्जिङ रुममा के भनेका थिए ? अफवाहबारे म्याक एलिस्टरका बुबाको खुलासा
-
झापामा मनाइयो बीपी कोइरालाको ४४औँ स्मृति दिवस
Games
एक्सक्लुसिभ स्टोरी
युनिकोड
मिति रूपान्तरण