कमेडियन समय रैनाले स्वीकारे गल्ती
नयाँ दिल्ली । भारतीय स्ट्यान्ड अप कमेडियन तथा युट्युबर समय रैनाले इन्डियाज गट लेटेन्ट कार्यक्रमसँग सम्बन्धित विषयमा महाराष्ट्र साइबर सेललाई दिएको बयानमा आफ्नो गल्ती स्वीकार गरेका छन् । रैनाले भने, ‘शोको क्रममा जे भयो त्यसको लागि म माफी चाहन्छु । भविष्यमा यस्तो घटना फेरि नदोहोरियोस् भनेर म थप सावधानी अपनाउनेछु ।’
समयले फेब्रुअरी ८ मा आफ्नो युट्युब च्यानलमा कार्यक्रमको एक एपिसोड अपलोड गरेका थिए । यसमा युट्युबर रणवीर इलाहाबादियाले सहभागीका मातापिता र महिलाहरूको बारेमा अश्लील टिप्पणी गरेका थिए ।
कार्यक्रमको क्रममा जे भयो त्यो ‘फ्लो फ्लो ’प्रवाहमा भएको र यस्तो भन्ने आफ्नो कुनै मनसाय नभएको उनले बताए । कार्यक्रमबारे चुलिएको विवादले आफ्नो मानसिक स्वास्थ्यमा असर पारेको पनि उनले बताए ।
शोका सबै गेष्टविरुद्ध पनि मुद्दा
एपिसोड बाहिर आउने बित्तिकै शो र यससँग सम्बन्धित व्यक्तिहरूको चर्काे आलोचना हुन थाल्यो । रणवीर विरुद्ध महाराष्ट्र र आसाम लगायत धेरै ठाउँमा एफआईआर दर्ता भयो । समय बाहेक, पहिलो एपिसोडदेखि अहिलेसम्म कार्यक्रममा भाग लिएका ३० जना गेष्टविरुद्ध पनि मुद्दा दायर गरिएको थियो ।
विवाद बढ्दै गएपछि समयले शोका सबै एपिसोडलाई युट्यूबबाट हटाएका थिए । ‘जे भइरहेको छ, म त्यसलाई सम्हाल्न सक्दिन। मैले मेरो च्यानलबाट इन्डियाज गट लेटेन्टका सबै भिडियोहरू हटाएको छु । मेरो एउटै उद्देश्य मानिसहरूलाई हँसाउनु र खुसी दिनु थियो । म सबै एजेन्सीहरूलाई पूर्ण सहयोग गर्नेछु ताकि उनीहरूको अनुसन्धान राम्रोसँग सञ्चालन होस् । धन्यवाद’ विवाद बढ्दै गएपछि सफाइ दिँदै उनले एउटा पोस्टमा भनेका थिए ।
खबर पढेर तपाईलाई कस्तो महसुस भयो ?
प्रतिक्रिया
भर्खरै
-
कसैले आलोचना गर्दैमा ढुङ्गा हानेर गन्तव्यमा पुग्न सकिँदैन : विश्वप्रकाश शर्मा
-
अर्ग्यानिक कृषि उत्पादनको प्रमाणीकरण गर्ने व्यवस्था मिलाउन प्रधानमन्त्रीको निर्देशन
-
नेपालमा हुने तिब्बतसम्बन्धी सम्मेलनमा चीनको चासो
-
एकै वर्षमा साढे ८५ करोडको लागुऔषध बरामद, जनस्वास्थ्यमा गम्भीर असर
-
बागमतीका ३ जना विना विभागीय मन्त्रीको जिम्मेवारी तोकियो
-
नेपालमा लोकतन्त्र अपहरित भएको छ : केपी ओली
Games
एक्सक्लुसिभ स्टोरी
युनिकोड
मिति रूपान्तरण