कागजविहीन अदालतको यात्रामा अघि बढिसक्यौँ : प्रधानन्यायाधीश
काठमाडौँ । प्रधानन्यायाधीश प्रकाशमान सिंह राउतले कागजविहीन अदालतको यात्रामा आफूहरू अघि बढिसकेको बताएका छन् । मंगलबार राउतले सर्वोच्च अदालतमा आयोजित सर्वोच्च अदालतबाट सातै प्रदेशमा रहेका मुख्य न्यायाधिवक्ताको कार्यालयहरूलाई दिइने पेशीको सूचना पठाउने अनलाइन प्रणाली तथा जिल्ला अदालतहरूको विशेष प्रकृतिको निवेदन दर्ता तथा व्यवस्थापन गर्ने अनलाइन प्रणालीको शुभारम्भ गरेका हुन् ।
उनले कागजविहीन अदालतको यात्रामा अघि बढ्ने कुरामा वकिल, न्यायाधीश, कानुन व्यवसायी तयार हो की होइन ? भन्दै प्रश्न गरे । अब पनि ढिलो भयो भने फेरि जुडिसियल रिफर्म हुन नसक्ने उनको भनाई थियो ।
प्रधानन्यायाधीश राउतले भने, ‘हामी पेपरलेस कोर्टको यात्रामा गएको छौँ । प्रश्न कहाँनेर छ भने त्यसको लागि विद्वान कानुन व्यवसायी, सरकारी वकिल साथीहरू र हामी अदालतका सबै तयार भएका हौँ की होइनौँ ? अब पनि ढिलो भयो भने फेरि जुडिसियल रिफर्म हुँदैन । यो बटमलाइन हो । हामीले न्यायिक सुधार गर्नै पर्ने भएको छ । तर न्यायिक सुधार गर्ने आधार र माध्यम धेरै होलान् । तर एउटा माध्यम के पनि हो भने प्रविधिमार्फत हुने सुधार हो । यति कुरा गर्न सक्दा जुडिसियल रिफर्मलाई धेरै मद्दत पुग्छ ।’
न्यायिक सुधार गर्नै पर्ने भएको र न्यायिक सुधार गर्ने आधार र माध्यम धेरै भएको राउतले बताए । प्रविधिमार्फत पनि न्यायमा सुधार गर्न सकिने बताए । उनले प्रविधिले दिगो, पारदर्शी र विश्वसनीय बनाउन मद्दत पुग्नुका साथै अनियमितता, विकृति र विसङ्गति हटाउने जिकिर गरे ।
खबर पढेर तपाईलाई कस्तो महसुस भयो ?
प्रतिक्रिया
भर्खरै
-
अन्तरसरकारी वित्तीय हस्तान्तरणमार्फत कुन प्रदेशले कति पाए रकम ? (विवरणसहित)
-
अर्थमन्त्रीलाई अर्यालको प्रश्न : संसद्मा एउटा र मन्त्रालयमा अर्को अङ्क राखेर कसको स्वार्थ पूरा गरियो ?
-
कुन पालिकालाई कति वित्तीय हस्तान्तरण ? (सूचीसहित)
-
कांग्रेस सुदूरपश्चिम प्रदेश सभा संसदीय दलको प्रमुख सचेतक धामीले दिए राजीनामा, खड्काले पाइन् जिम्मेवारी
-
आक्रमण जारी रहे क्षेत्रीय ऊर्जा संरचना निशानामा पर्ने इरानको चेतावनी
-
सरकारले गर्यो १० सचिवको सरुवा
Games
एक्सक्लुसिभ स्टोरी
युनिकोड
मिति रूपान्तरण