नेपालपछि ‘अञ्जिला’ कुन–कुन देशमा हुँदैछ रिलिज ?
काठमाडौँ । नेपाली महिला राष्ट्रिय फुटबल टोलीकी कप्तान एञ्जिला तुम्बापो सुब्बाको जीवनमा आधारित रहेर निर्माण भएको फिल्म हो, ‘अञ्जिला’ ।
फिल्मले नेपालमा राम्रो ब्यवसाय गरेको दाबी गरिएको छ । २९ फागुनमा रिलिज भएको फिल्मले अहिलेसम्म करिब ५ करोडको ब्यवसाय गरेको निर्माण युनिटले दाबी गरेको हो ।
फिल्म अब विदेशका १६ देशमा रिलिज हुने भएको छ । निर्देशक मिलन चाम्सका अनुसार फिल्म अमेरिका, क्रोएसिया, कतार, बहराइन, माल्टा, डेनमार्क, पोर्चुगल, हङकङ, दक्षिण कोरिया, फिनल्यान्ड, क्यानडा, दुबई, सिंगापुर, जापान, बेल्जियम र स्विडेनमा रिलिज हुनेछ ।
फिल्म अमेरिकामा सेभेन सिज इन्टरनेशनलका प्याट्रिक सुवेदीले रिलिज गर्न लागेका हुन् भने क्यानडामा आगन इभेन्ट्स तथा आइ र यु इन्टरटेनमेन्टले रिलिज गर्दैछन् । त्यस्तै, जापानमा युएनए इन्टरटेनमेन्ट, फिनल्यान्डमा मामा इभेन्ट, मध्यपूर्वका देशहरूमा साथीभाइ इन्टरटेनमेन्ट, माल्टामा मगवर्ट प्रोडक्सनले रिलिज गर्ने भएको हो ।
मिलन चाम्सको निर्देशन रहेको फिल्म प्रेमकुमार श्रेष्ठले निर्माण गरेका हुन् । फिल्ममा एन्जिलाको अलवा माओत्से गुरुङ, दयाहाङ राई, सिर्जना सुब्बा, सुमिन गुरुङ, सुनिल थापा, बुद्धि तामाङ, विजय बराल, मञ्जु श्रेष्ठ लगायतका कलाकारको अभिनय छ ।
खबर पढेर तपाईलाई कस्तो महसुस भयो ?
प्रतिक्रिया
भर्खरै
-
१२ बजे १२ समाचार: यस्ता छन् आजको प्रमुख समाचार
-
रामेछापमा राहदानी वितरण सेवा ३ दिनका लागि बन्द
-
चलचित्र ‘बेहुली’ भदौ २६ गतेदेखि प्रदर्शनमा आउने
-
सुदूरपश्चिमका मुख्यमन्त्रीले बोलाएको कांग्रेस संसदीय दलको बैठकमा दुई मन्त्री अनुपस्थित
-
सुन सफा गर्ने बहानामा ठगी गर्ने दुई भारतीय नागरिक उदयपुरबाट पक्राउ
-
के आधारमा पूर्वमन्त्री बस्नेतले भ्रष्टाचार मुद्दामा सफाइ पाए ?
Games
एक्सक्लुसिभ स्टोरी
युनिकोड
मिति रूपान्तरण