ओस्कर जितेका प्यालेष्टिनी निर्देशक इजरायली सेनाको नियन्त्रणमा

रफाह । ओस्कर विजेता प्यालेस्टिनी फिल्म निर्देशक हमदान बल्लालाई इजरायली सेनाले नियन्त्रणमा लिएको छ । उनका सह–निर्देशक युवल अब्राहमले माइक्रो ब्लगिङ वेबसाइट एक्समा यो कुराको जानकारी गराएका हुन् । केही इजरायलीहरूले वेस्ट बैंकमा रहेको उनको घर नजिकै निर्ममतापूर्वक कुटपिट गरेको अनि उनको टाउको र पेटमा गम्भीर चोट लागेको युवलले आफ्नो पोस्टमा उल्लेख गरेका छन् ।
घटनापछि हमदानले एम्बुलेन्स बोलाउँदा इजरायली सैनिकहरूले एम्बुलेन्स रोकेर हमदानलाई लिएको गएको बताइएको छ । त्यसपछि हमदानको अत्तोपत्तो नभएको उनले बताएका छन् । हमदान र युवलले मिलेर ‘नो अदर ल्याण्ड’ फिल्म बनाएका थिए । यो फिल्मले यस वर्ष ओस्करमा सर्वश्रेष्ठ वृत्तचित्र पुरस्कार पाएको थियो । फिल्मले युद्धको समयमा प्यालेस्टिनी कार्यकर्ता बासेल आद्रा र युवल बीच विकसित भएको मित्रता र संघर्षलाई देखाएको थियो ।
फिल्मले २०२४ मा बर्लिन अन्तर्राष्ट्रिय फिल्म महोत्सवमा पनि अवार्ड पाएको थियो । हमदानलाई इजरायली बस्तीको प्रहरी चौकीमा राखिएको बताइएको छ । कसैलाई पनि उनीसँग भेट्न वा कुरा गर्न अनुमति नभएको पनि बताइएको ।
खबर पढेर तपाईलाई कस्तो महसुस भयो ?
प्रतिक्रिया
भर्खरै
-
स्थानीय र पश्चिमी वायुको प्रभाव कायमै, यी प्रदेशमा हुनेछ चट्याङ्गसहित वर्षा
-
खुम्बुमा एकैदिन सात सय पर्यटक प्रवेश, होटल भरिभराउ
-
गणेशजीको बार आज कुन राशिलाई कस्तो फल ?
-
कति पुग्यो अमेरिकी डलरको मूल्य ?, यस्तो छ विदेशी मुद्राको दरभाउ
-
२०८२ सालका लागि चार नयाँ ‘पात्रो’ पञ्चाङ्गलाई स्वीकृति, कुल १८ पात्रो
-
प्रिमियर लिगमा तेस्रो स्थानको नटिङघमलाई सफलता