ओस्कर जितेका प्यालेष्टिनी निर्देशक इजरायली सेनाको नियन्त्रणमा
रफाह । ओस्कर विजेता प्यालेस्टिनी फिल्म निर्देशक हमदान बल्लालाई इजरायली सेनाले नियन्त्रणमा लिएको छ । उनका सह–निर्देशक युवल अब्राहमले माइक्रो ब्लगिङ वेबसाइट एक्समा यो कुराको जानकारी गराएका हुन् । केही इजरायलीहरूले वेस्ट बैंकमा रहेको उनको घर नजिकै निर्ममतापूर्वक कुटपिट गरेको अनि उनको टाउको र पेटमा गम्भीर चोट लागेको युवलले आफ्नो पोस्टमा उल्लेख गरेका छन् ।
घटनापछि हमदानले एम्बुलेन्स बोलाउँदा इजरायली सैनिकहरूले एम्बुलेन्स रोकेर हमदानलाई लिएको गएको बताइएको छ । त्यसपछि हमदानको अत्तोपत्तो नभएको उनले बताएका छन् । हमदान र युवलले मिलेर ‘नो अदर ल्याण्ड’ फिल्म बनाएका थिए । यो फिल्मले यस वर्ष ओस्करमा सर्वश्रेष्ठ वृत्तचित्र पुरस्कार पाएको थियो । फिल्मले युद्धको समयमा प्यालेस्टिनी कार्यकर्ता बासेल आद्रा र युवल बीच विकसित भएको मित्रता र संघर्षलाई देखाएको थियो ।
फिल्मले २०२४ मा बर्लिन अन्तर्राष्ट्रिय फिल्म महोत्सवमा पनि अवार्ड पाएको थियो । हमदानलाई इजरायली बस्तीको प्रहरी चौकीमा राखिएको बताइएको छ । कसैलाई पनि उनीसँग भेट्न वा कुरा गर्न अनुमति नभएको पनि बताइएको ।
खबर पढेर तपाईलाई कस्तो महसुस भयो ?
प्रतिक्रिया
भर्खरै
-
देउवा पुत्र जयवीरलाई ७ दिनभित्र उपस्थित हुन सम्पत्ति शुद्धीकरणको सूचना
-
बजेट विवाद: मन्त्रीबाट मन्त्रीकै हुर्मत, विपक्षीको प्रशंसा
-
बेल्जियमको शानदार जित, अमेरिकालाई ४–१ ले हराउँदै क्वार्टरफाइनलमा प्रवेश
-
दुर्गा प्रसाईंको आरोप– ‘सिंहदरबारको सिस्टम सरकारले नै बिगार्यो’
-
तीन वर्षदेखि विदेशी औषधि कम्पनीको निरीक्षण ठप्प
-
निमित्त कार्यालय प्रमुखसहित दुई जना पक्राउ
Games
एक्सक्लुसिभ स्टोरी
युनिकोड
मिति रूपान्तरण