कुलमान हटाएकोमा सरकारले पश्चात्ताप गर्नुपर्नेछ : जनार्दन शर्मा
काठमाडौँ । माओवादी केन्द्रका सांसद तथा पूर्वमन्त्री जनार्दन शर्मा प्रभाकारले सरकारले कुलमानलाई हटाएर ठुलो गल्ती गरेको भन्दै भोली पश्चात्ताप गर्नुपर्ने बताएका छन् ।
मंगलबार बसको सार्वजनिक लेखा समितिको बैठकमा नेता शर्माले भने, ‘विद्युत् प्राधिकरणको एमडीलाई सरकारले हिजो हटाएछ । हटाएपछि केके आरोप लगायो होला भनेर हेरेको । उसले (कुलमान) ले काम गर्न नसकेको भन्ने आरोप रहेछ ।’
उनले सरकारको आरोप कसैले पनि नपत्याउने बताए । ‘यो आरोप कसैले पत्याउँदैन मन्त्रीज्यू ! यस्तो वाहियात तर्क गरेर काम गर्ने मान्छेलाई हटाउनु दुखद हो । यो निर्णय सरकारले सच्याओस् आग्रह छ’, निर्णय सच्याउन आग्रह गर्दै शर्माले भने, ‘मैले बजारबाट त्यति वेला योग्यतममध्येबाट कुलमानलाई नियुक्त गरेको थिएँ, परिणामले त्यो पुष्टि पनि भयो । त्यसैले सरकारले ठुलो गल्ती गर्यो भोली पश्चात्ताप हुनेछ ।’
खबर पढेर तपाईलाई कस्तो महसुस भयो ?
प्रतिक्रिया
भर्खरै
-
अव्यवस्थित बसोबासीलाई जग्गाधनी प्रमाण पुर्जा वितरण गरिँदै
-
संघको सिकोः गण्डकीमा पनि स्वकीय सचिव लिने तयारी
-
पूर्वी अफगानिस्तानमा बाढीबाट ४० भन्दा बढीको मृत्यु
-
सुदूरपश्चिम विश्वविद्यालयका डिनको गाडी चोर्ने आरोपी काठमाडौँबाट पक्राउ
-
पेपर लिक प्रकरणमा राजनीति नगर्न जेपी नड्डाको चेतावनी, आन्दोलनकारीसँग वार्ताको ढोका खुला
-
फाइनलअघि मेस्सीले चेन्जिङ रुममा के भनेका थिए ? अफवाहबारे म्याक एलिस्टरका बुबाको खुलासा
Games
एक्सक्लुसिभ स्टोरी
युनिकोड
मिति रूपान्तरण