कुलमान हटाएको विरोधमा हेटौंडामा टुकी बालेर प्रदर्शन, प्रधानमन्त्रीविरुद्ध नाराबाजी
मङ्गलबार, १२ चैत २०८१, १९ : ४९
हेटौँडा । नेपाल विद्युत् प्राधिकरणका कार्यकारी निर्देशकबाट कुलमान घिसिङलाई बर्खास्त गरेको विरोधमा मकवानपुरको हेटौंडामा पनि प्रदर्शन भएको छ ।
नेकपा माओवादी केन्द्रको युवा दस्ता वाईसीएल मकवानपुरको नेतृत्वमा विरोध प्रदर्शन भएको हो ।
मंगलबार साँझ वाईसीएलका युवा तथा कुलमान समर्थकहरूले टुकी बत्तीसहित जुलुस निकालेर सरकारको विरोध जनाएका हुन् ।
विरोधसँगै उनीहरूले सरकारविरोधी नाराबाजीसहित नगर परिक्रमा गरेका थिए । विरोध प्रदर्शन गर्ने क्रममा प्रदर्शनकारीहरूले प्रधानमन्त्री केपी शर्मा ओलीको पुतला पनि जलाएका थिए । उक्त कार्य रोक्न खोज्दा सुरक्षाकर्मी र प्रदर्शनकारीबिच घम्साघम्सीसमेत भएको थियो। त्यस क्रममा प्रहरी निरीक्षक विमला कठायत घाइते भएकी छिन् । ख्वपःगल्लीमा रहेको तरकारी बजार क्षेत्र केहीबेर तनावग्रस्त बनेको थियो ।
_a44haMJ5kc.jpg)
_qALqKlp9KN.jpg)
_QUUTH9hoa7.jpg)
_XdXxT5auNV.jpg)
_8Wemrkb0hZ.jpg)
खबर पढेर तपाईलाई कस्तो महसुस भयो ?
प्रतिक्रिया
भर्खरै
-
नेपालको कूटनीति कसले चलाइरहेको छ? : गैरे
-
स्ट्रेट अफ होर्मुजलाई छलेर तेल निर्यात गर्ने योजना तीव्र बनाउँदै पश्चिम एसियाका तेल उत्पादक देशहरू
-
द ब्रिटिस मोडल कलेजका पाँच विद्यार्थी ड्युक अफ एडिनबर्ग्स इन्टरनेशनल अवार्डबाट सम्मानित
-
खैरो हेरोइनसहित ४ जना पक्राउ
-
बलात्कार र अपहरणको मुद्दामा १८ वर्षपछि राम चन्दुर निर्दोष ठहर
-
त्रिभुवन विश्वविद्यालय : राजनीतिक भागबन्डादेखि सेवा आयोगको अग्निपरीक्षासम्म
Games
एक्सक्लुसिभ स्टोरी
युनिकोड
मिति रूपान्तरण