राष्ट्रिय क्रिकेट टोलीको प्रशिक्षक चयनको प्रक्रिया अन्तिम चरणमा
काठमाडौँ । नेपाल क्रिकेट संघ (क्यान) ले राष्ट्रिय क्रिकेट टोलीको मुख्य प्रशिक्षकका केही समयअघि सार्वजनिक सूचना जारी गरेको थियो । सोही सूचनाका आधारमा विभिन्न राष्ट्रका ७० जनाले नेपाली टोलीको मुख्य प्रशिक्षक बन्न आवेदन दिएका थिए ।
त्यसमध्ये १० जनाको नाम छनोट गरिएको क्यानले जनाएको छ । क्यानका अनुसार, हाल छनोटमा परेका ती १० जनाको अन्तरवार्ता लिने काम जारी रहेको छ । अन्तरवार्ताको प्रक्रिया पुरा भएपछि छिट्टै प्रमुख प्रशिक्षकको नाम सार्वजनिक गरिने बताइएको छ ।
‘७० जनाको आवेदन परेको थियो । त्यसमध्येबाट १० जनाको नाम सर्टलिस्ट गरेर अहिले अन्तरवार्ता लिने काम भइरहेको छ । अन्तरवार्ताको प्रक्रिया पनि अन्तिम चरणमा पुगेको छ । छिट्टै प्रमुख प्रशिक्षकको नाम सार्वजनिक गरिने छ,’ क्यानले भनेको छ ।
सर्टलिस्टमा परेका व्यक्तिहरूको नाम भने क्यानले गोप्य राखेको छ । पूर्वप्रशिक्षक मोन्टी देसाईको सम्झौता नवीकरण नभएपछि राष्ट्रिय टोलीको प्रमुख प्रशिक्षकको पद रिक्त रहेको छ । यसअघि क्यानले प्रधानमन्त्री कप क्रिकेट प्रतियोगिताकै क्रममा प्रमुख प्रशिक्षक चयन गर्ने तयारी गरेको थियो ।
तर, अहिले सर्टलिस्टमा परेकाहरूको अन्तरवार्ता लिने काम चलिरहेकाले प्रमुख प्रशिक्षक चयन गर्न करिब एक साता लाग्ने बताइएको छ ।
क्यान स्रोतका अनुसार, नेपाली राष्ट्रिय टोलीका पूर्वप्रशिक्षकहरूले पनि पुनः प्रशिक्षक बन्न आवेदन दिएका छन् । डेभ वाटमोर र पुबुदु दासानायक पनि सर्टलिस्टमा परेको स्रोतले जनाएको छ । उनीहरुको अन्तर्वार्ता सम्पन्न भइसकेको छ ।
मनोज प्रभाकरको नाम पनि सर्टलिस्टमा परेको छ । समाचार तयार पर्दासम्म उनको अन्तर्वार्ता बाँकी रहेको क्यान स्रोतले जानकारी दिएको छ । उनीहरू सबै नेपाली राष्ट्रिय टोलीका पूर्वप्रशिक्षक हुन् ।
खबर पढेर तपाईलाई कस्तो महसुस भयो ?
प्रतिक्रिया
भर्खरै
-
काठमाडौँ महानगरको आठ तले भवन २०८४ कात्तिकभित्र सक्ने लक्ष्य, ३५ प्रतिशत काम सम्पन्न
-
बागमतीमा एमालेले लियो सरकारलाई दिएको समर्थन फिर्ता
-
सुदूरपश्चिम प्रदेश : अधिकांश मन्त्रालयको पुँजीगत खर्च कमजोर
-
बाथरुममा लडेर घाइते भए पियुष मिश्रा
-
जङ्गलमा लुकाइराखेका ११ नाल भरुवा बन्दुक बरामद
-
ट्रम्पको धम्कीपछि क्यानडाले रद्द गर्यो संयुक्त पुल उद्घाटन समारोह
Games
एक्सक्लुसिभ स्टोरी
युनिकोड
मिति रूपान्तरण