सम्पदा पदमार्गको रूपमा विकास हुँदै नक्साल (तस्बिरहरू)
काठमाडाैँ । केही वर्षदेखि अस्तव्यस्त रहेको काठमाडौँ उपत्यका भित्रको ऐतिहासिक नगरी नक्सालको नागपोखरी देखि भगवतीबहाल सम्म जाने सडक निर्माण अन्तिम चरणमा पुगेको छ । कालोपत्रे सडक भत्काएर अहिले ढुङ्गा छापिएको यो सडक ठेक्का लागेको दुई वर्षपछि बल्ल निर्माण अन्तिम चरणमा पुगेको हो ।
सो सडक निर्माणका क्रममा विभिन्न विवाद समेत सुरु भएको थियो । काठमाडौँ उपत्यका विकास प्राधिकरण मातहतको काठमाडौँ जिल्ला आयुक्तको कार्यालयले सो सडक भत्काएर त्यसमाथि ढुङ्गा छाप्नलाई प्रक्रिया अघि बढाएको थियो, कतिपय स्थानीयले यो ठाउँमा ढुङ्गा बिछ्याउन नहुने र कालोपत्रे गर्नुपर्ने माग गरेका थिए ।
विशेष गरी ठुला गाडी र मालवाहक ट्रक प्रवेश नहुने भए पछि सो क्षेत्रमा व्यापार–व्यवसाय गरिरहेका स्थानीयले कालोपत्रे गर्नु पर्ने माग राखेका थिए । लिच्छविकालीन नगरीको रूपमा रहेको नक्सालमा पुरातात्त्विक महत्वका सम्पदाहरू राजा मानदेवको पालाको शंकरकीर्ति बिहार, तीन सय वर्ष पुरानो नन्दीकेशर मन्दिर र सात सय वर्ष पुराना घरहरू समेत रहेका छन् ।
जसकारण सम्पदा संरक्षण अभियन्ता र सम्पदा प्रेमीहरूको पहलमा भगवती बहालदेखि नारायण चौरसम्मको ४१० मिटर र कमलपोखरीबाट सिंह दोबाटो जाने ४२२ मिटर लामो सडकमा ढुङ्गा बिछ्याउने काम अगाडि बढाएको हो ।
प्राधिकरणले चार करोड ५१ लाख ६५ हजार ७०६ रुपैयाँ लागतमा निर्माण गरिरहेको यो सडक ‘हेरिटेज वाक वे’ अर्थात् सम्पदा पदमार्गका रूपमा निर्माण गरिँदै छ। तस्बिर : नेपाल फोटो लाइब्रेरी
_eSQQ7CVCNU.jpg)
_mg2tiw6uZR.jpg)
_evlrzZJPC7.jpg)
_XgLUrkRUJP.jpg)
_Gh6Kpo6H68.jpg)
_l4Vh9GhMMJ.jpg)
_xQ0B76SDbL.jpg)
_ecqV0nhpT6.jpg)
_U16j7pS6f1.jpg)
_ngZPrtbCNI.jpg)
_2ZNpvIWKKP.jpg)
खबर पढेर तपाईलाई कस्तो महसुस भयो ?
प्रतिक्रिया
भर्खरै
-
स्पेनसँगको हारबारे के भन्छन् कप्तान एम्बाप्पे ?
-
नेपाल–भारत ऊर्जा सहकार्यमा अझ फराकिलो,बिजुली निर्यात क्षमतामा १६५० मेगावाट पुग्यो
-
मोटरसाइकल चेकजाँच गर्दा बरामद भयो स्रोत नखुलेको ५५ लाख रुपैयाँ
-
नेप्सेको पुनर्संरचना र आधुनिकीकरण तत्काल अघि बढाउन सरकारलाई अर्थ समितिको निर्देशन
-
माइतीघरमा टमाटर किसानको आन्दोलनपछि मन्त्री चौधरीको पहल : कालीमाटीबाट ढुवानी सुरु
-
विश्वकपको फाइनल पुगे लगत्तै यमालको बार्सिलोनास्थित घरमा चोरीको प्रयास
Games
एक्सक्लुसिभ स्टोरी
युनिकोड
मिति रूपान्तरण