ठाकुरराम क्याम्पसको रोकिएको मतगणना सुरु, भोलिसम्ममा गणना सकिने

वीरगन्ज । वीरगन्जको ठाकुरराम बहुमुखी क्याम्पसको मतगणना सबै प्रक्रिया पूरा गरी केहीबेर अघि सुरू भएको छ ।
बार एसोसिएसन, नेपाल पत्रकार महासंघ, तथा संघ–संस्थासहितको प्रतिनिधि राखेर मतगणना सुरु गरिएको निर्वाचन समितिका प्रमुख दिलीप सिंहले बताए । उनका अनुसार जिल्ला प्रशासन कार्यालयमा भएको विभिन्न दल एवम् विद्यार्थी नेताहरुबीचको सहमति बमोजिम नै प्रतिनिधिहरू राखेर मतगणना सुरु गरिएको हो ।
सिल नम्बर मेल नखाएको भन्दै विवाद बढेपछि मतगणना रोकिएको थियो । मतगणना रोकिएको ७ दिनपछि मतगणनाको कार्य अगाडि बढेको हो ।
मतगणना स्थगनको सूचना जारी गर्दा करिब १६ मतपत्र गणना गरिएको निर्वाचन समितिले जनाएको छ । स्ववियु सभापति तथा पदाधिकारी एव्म सदस्यका लागि गएको ५ गते मतदान भएको थियो । मतदानमा क्याम्पसमा कुल विद्यार्थीको ४० प्रतिशत अर्थात् ४३०६ जनाले मतदानमा भाग लिएका थिए ।
खबर पढेर तपाईलाई कस्तो महसुस भयो ?
प्रतिक्रिया
भर्खरै
-
बेलायती राजा नेपालको सहयोगका लागि प्रतिबद्ध : राजदूत घिमिरे
-
पाटन संयुक्त क्याम्पसको स्ववियु सभापतिमा नेविसंघका कपाली निर्वाचित
-
डिभी लोटरीको नतिजा प्रकाशित, यसरी हेर्न सकिन्छ
-
सुदूरपश्चिम प्रदेशका मुख्यमन्त्री र उत्तराखण्डका मन्त्रीबिच भेटवार्ता
-
भारतले निर्माण गरिरहेको तटबन्ध रोक्न एमालेले गर्यो सरकारलाई आग्रह
-
१० बजे, १० समाचार : तीन दलको बार्गेनिङदेखि एनआरएनएको एकता महाधिवेशनसम्म