डिजिटल नेपाल फ्रेमवर्क २.० को मस्यौदा सार्वजनिक गर्दै सरकारले माग्यो सुझाव
काठमाडौं । सरकारले डिजिटल नेपाल फ्रेमवर्क २.० को मस्यौदा सार्वजनिक गरेको छ । सञ्चार तथा सूचना प्रविधि मन्त्रालयले मंगलवार उक्त कस्यौदा सार्वजनिक गरेको हो । सरकारले डिजिटल नेपाल फ्रेमवर्क २।० को मस्यौदा अध्ययन गरी सात दिनभित्र सुझाव पेस गर्ने समेत माग गरेको छ ।
सरकारले पहिलोपटक २०७६ सालमा ‘सुशासन, विकास र समृद्धिका लागि’ भन्दै डिजिटल नेपाल फ्रेमवर्क सार्वजनिक गरेको थियो । उक्त फ्रेमवर्कलाई परिमार्जित एवं संशोधित गरेको छ । परिमार्जित डिजिटल नेपाल फ्रेमवर्क २.० आर्थिकरूपमा रेजिलियन्ट, समावेशी र जलवायुमैत्री रहेको मस्यौदामा उल्लेख छ ।
यसले नेपालको डिजिटल रूपान्तरणमा भविष्यका लागि तयार डिजिटल पूर्वाधार, डिजिटल सेवामा पहुँच, सिप तथा डिजिटल साक्षरता र डिजिटल अर्थतन्त्रको रूपान्तरणका क्षेत्रमा काम गर्ने विषय समेटेको छ । डिजिटल नेपाल फ्रेमवर्कक २.० को कार्यान्वयनका लागि केन्द्रीय डिजिटल रूपान्तरण परिषद्को परिकल्पनासमेत गरेको छ ।
खबर पढेर तपाईलाई कस्तो महसुस भयो ?
प्रतिक्रिया
भर्खरै
-
अहङ्कार र दम्भको राजनीति त्याग्न प्रधानमन्त्रीलाई सिटौलाको चेतावनी
-
निट पेपर लिकविरुद्ध जारी प्रदर्शनबारे बोले रक्षामन्त्री सिंह
-
कृष्णप्रसाद सिटौलाले भने– संकटका बेला पार्टीलाई एकताबद्ध बनाउन नेतृत्व किन हिचकिचाएको ?
-
विपक्षीले राष्ट्रियसभामा दर्ता गराए सार्वजनिक महत्वको प्रस्ताव
-
गच्छदारको गगन थापालाई सुझाव – असहमत पक्षलाई समेटेर बलियो कांग्रेसको सभापति बन्नुस्
-
असमझदारी र विवाद नसुल्झाए कांग्रेस विभाजन हुन सक्ने शशांकको चेतावनी
Games
एक्सक्लुसिभ स्टोरी
युनिकोड
मिति रूपान्तरण