सीएफमोटो २५० एनके किन्दा अब ५ प्रतिशत ब्याजदर तथा ५ वर्ष वारेन्टी
काठमाडौँ । सीएफमोटोको नेपालका लागि आधिकारिक वितरक ऋषि ट्रेड सेन्टरले नयाँ वर्ष २०८२ लाई लक्ष्यित गर्दै ब्रान्ड अन्तर्गतको २५० एनके मोडलमा ‘नयाँ वर्ष २०८२, कम ब्याजमा ढुक्कको सवारी’ अफर सार्वजनिक गरेको छ ।
चैत १० देखि लागु गरिएको सो अफर अन्तर्गत ग्राहकले अब एनके २५० को खरिदमा ५ वर्ष सम्मको वारेन्टी पाउनुका साथै ५ प्रतिशत ब्याजदरमै २४ महिनाको सरल फाइनान्सको सुविधा पाउने छन् । त्यसैगरी नगद तथा एक्सचेन्जमा १५ हजार छुट पाउन सक्नेछन् । उक्त अफर अन्तर्गत २५० एनके खरिद गर्ने ग्राहकले निशुल्क आफ्नो बाइकको फ्री–सेरामिक कोटिङ गरी बाइकलाई सुरक्षित राख्न सक्ने छन् ।
रिलायन्स ग्रुप अन्तर्गतको ऋषि ट्रेड सेन्टरले नेपाली बजारमा यो ब्रान्ड बिक्री–वितरण थाले पश्चात् बाइक आपूर्ति मात्र नगरी आवश्यक पार्ट्स र बिक्री पछिको सेवा समेत गुणस्तरीय बनाएको बताइएको छ ।
नेपालमा बाइक भित्र्याएसँगै कम्पनीले सर्भिस क्याम्पका साथ व्यावसायिक विस्तार समेत गरिरहेको छ । हालै कम्पनीले उपत्यका भित्र तथा बाहिर गरी लगभग ४० जना ग्यारेजका प्रतिनिधिहरूलाई कम्पनीका सीएफमोटो सर्भिस र ट्रेनिङ टिममार्फत तालिम समेत प्रदान गरेको जनाएको छ ।
केही दिन पहिले सम्पन्न रेस वार्स प्रतियोगितामा समेत सीएफमोटो २५० एनके बाइकले पहिलो स्थानको जित हासिल गरेको थियो । हाल यसको मूल्य ५ लाख ४९ हजार ९ सय रुपैयाँ छ ।
खबर पढेर तपाईलाई कस्तो महसुस भयो ?
प्रतिक्रिया
भर्खरै
-
ईपीजी प्रतिवेदनप्रति परराष्ट्रमन्त्रीले चासो देखाए, बुझे दराजको चाबी
-
सिंगापुर विकास मोडलबारे कांग्रेस केन्द्रीय कार्यालयमा छलफल
-
पोखरा बसपार्कका सुकुमबासी सार्न प्रस्ताव गरिएका यी हुन् ६ ठाउँ
-
श्रीलङ्का केयर होम आगलागी: प्रबन्धक पक्राउ
-
अनौपचारिक श्रम बजारमा ज्याला ठगी संरचनागत समस्या : अध्ययन
-
पोखरा बसपार्क क्षेत्रका घर नभत्काउन उच्च अदालतको अल्पकालीन आदेश
Games
एक्सक्लुसिभ स्टोरी
युनिकोड
मिति रूपान्तरण