'द्रौपदी' हेरेपछि उपसभामुख रानाले के भनिन् ?
काठमाडौँ । गत शुक्रबारदेखि प्रदर्शनमा आएको द्रौपदी फिल्मले दर्शकबाट सकारात्मक प्रतिक्रिया पाईरहेको छ ।
यस्तै मंगलबार साँझ प्रतिनिधि सभाकी उपसभामुख इन्दिरा रानाले नयाँ बानेस्वरस्थित वान सिनेमाज् पुगेर फिल्म हेरेकी हुन् ।
फिल्म हेरेपछि रानाले द्रौपदीले नारी सशक्तीकरणको विषयलाई राम्रोसँग उठाएको बताइन् । 'संस्कार, परम्पराहरू समयअनुसार परिवर्तन हुँदै जान्छन् । द्रौपदीले नारीहरूलाई कुरीति, कुसंस्कारविरुद्ध लड्न बल पुर्याएको छ,' उनले भनिन्, 'एक पटक सबैले हेर्नुपर्ने फिल्म बनेको छ ।'
फिल्म केही दिन अघि पूर्वमन्त्री रेखा शर्माले हेरेकी थिइन् । उनले व्यवस्था परिवर्तन हुने तर अवस्था परिवर्तन नभएकाले द्रौपदीले नारीलाई माथि उठाउन र समाज परिवर्तनका लागि विद्रोहको बिगुल फुकेको धारण राखेकी थिइन् ।
फिल्ममा कर्णालीको सुन्दरता, त्यहाँको जनजीवन र व्यथालाई अन्त्य नै मिहिनेतका साथ प्रस्तुत गरिएको छ । आश्विनी शाही, रवि ओड, कविराज भाम, जेल्सन अधिकारी, सुजाता तिमल्सिना, विष्णु ठडराई, प्रकाश ज्ञवालीलगायतको अभिनय छ ।
फिल्म ऋषिराज आचार्यले निर्देशन गरेका हुन् । आरबी मुभिजको ब्यानरमा निर्माण भएको फिल्मका सह निर्माता ऋतु आचार्य र ठडराई हुन् भने निर्माता ऋषिराज आचार्य र प्रकाश ज्ञवाली हुन् ।
खबर पढेर तपाईलाई कस्तो महसुस भयो ?
प्रतिक्रिया
भर्खरै
-
प्रथम मेयर कप फुटबल प्रतियोगिताको उपाधि सुर्खेतलाई
-
विदेश पठाउने नाममा २९ लाख ठगी गर्ने दुई जना पक्राउ
-
सचिव पुष्कर नियन्त्रण प्रकरण: प्रहरीले थमाएको थियो जरुरी पक्राउ पुर्जी
-
सशस्त्रका ७ डिआइजीको सरुवा, ७ जनाको पदस्थापन
-
१२ बजे १२ समाचार: यस्ता छन् आजका प्रमुख समाचार
-
दिल्लीको उच्चस्तरीय भेटघाट सकेर लखनउ पुगे रवि लामिछाने, विमानस्थलमा उत्तर प्रदेशका उपमुख्यमन्त्रीले गरे स्वागत
Games
एक्सक्लुसिभ स्टोरी
युनिकोड
मिति रूपान्तरण