अर्घाखाँची बस दुर्घटनामा अपडेटः मृतकको परिचाहन खुल्यो
बुटवल । अर्घाखाँची जिल्लाको शितगंगा नगरपालिका–२ भुवनपाटामा भएको बस दुर्घटनामा परी मृत्यु भएका ब्यक्तिहरुको परिचाहन खुलेको छ ।
मुत्यु हुनेमा नवलपरासी पश्चिम भुमहीकी ४५ बर्षिय उमा न्यौपाने रुपन्देही जिल्लाकी ५५ बर्षिय जमुना बस्याल, नबलपरासी बर्दघाटका ४५ बर्षिय चालक मदनकुमार बिक रहको प्रहरीले जनाएको छ ।
घटनामा एक जना नाम थर नखुलेकी महिलाको पनि मृत्यु भएको छ। प्रहरी निरीक्षक एवं सूचना अधिकारी विष्णुप्रसाद पौडेलले दुर्घटनामा परी घाइते भएकामध्ये ७ जनालाई प्राथमिक स्वास्थ्य केन्द्र ठाडामा उपचारपछि बुटबल पठाएको बताए ।
अर्घाखाँचीबाटबाट नवलपरासीको बर्दघाटतर्फ जाँदै गरेको लु २ ख ३०३ नम्बरको बस भुवनपाटा भन्ने स्थानमा दुर्घटनामा परेको थियो । बस भुवनपाटा ओरालोबाट करिब दुई सय मिटर तल खसेको थियो । उक्त बसमा २२ जना रहेको र घटनाबारे अनुसन्धान भईरहेको प्रहरीले जनाएको छ ।
खबर पढेर तपाईलाई कस्तो महसुस भयो ?
प्रतिक्रिया
भर्खरै
-
मोटरसाइकल चेकजाँच गर्दा बरामद भयो स्रोत नखुलेको ५५ लाख रुपैयाँ
-
नेप्सेको पुनर्संरचना र आधुनिकीकरण तत्काल अघि बढाउन सरकारलाई अर्थ समितिको निर्देशन
-
माइतीघरमा टमाटर किसानको आन्दोलनपछि मन्त्री चौधरीको पहल : कालीमाटीबाट ढुवानी सुरु
-
विश्वकपको फाइनल पुगे लगत्तै यमालको बार्सिलोनास्थित घरमा चोरीको प्रयास
-
इङ्ग्ल्यान्ड - अर्जेन्टिना प्रतिष्ठाको महाभिडन्तः कसको जित्ने सम्भावना कति ?
-
मलद्वारमा लुकाएर खैरो हेरोइन भित्र्याउने दुई जना पक्राउ
Games
एक्सक्लुसिभ स्टोरी
युनिकोड
मिति रूपान्तरण