ललितपुरको इमाडोलमा शव फेला
बुधबार, १३ चैत २०८१, २० : ५०

काठमाडौँ । ललितपुरको महालक्ष्मी नगरपालिका वडा नम्बर–१ स्थित इमाडोलमा एकजना पुरुष मृत अवस्थामा भेटिएका छन् । इमाडोल स्थित शीतलटोलको गेटमा भारत घर भएका ५२ वर्षीय हरि नुनियाँ मृत अवस्थामा भेटिएका हुन् ।
इमाडोल क्षेत्रमा बस्दै आएका नुनियाँको शव पोस्टमार्टमका लागि पाटन अस्पतालमा पठाइएको जिल्ला प्रहरी परिसर ललितपुरका एकजना अधिकृतले रातोपाटीलाई बताए । प्रहरीले घटनाबारे अनुसन्धान सुरु गरेको छ ।
खबर पढेर तपाईलाई कस्तो महसुस भयो ?
प्रतिक्रिया
भर्खरै
-
वार्षिक एक करोडभन्दा बढीको माछा कारोबार गर्दै भवानीशङ्कर
-
विपद्मा परी मधेसमा चालु आर्थिक वर्षमै ४ सय २२ को मृत्यु
-
भारतीय राजदूत क्रिकेट प्रतियोगिता सम्पन्न
-
नेपालको हार तर बने यी रेकर्ड
-
१२ बजे १२ समाचारः बागमतीमा ‘चोर बाटो’बाट सांसद्लाई बजेट, ऐतिहासिक जितबाट २ रनले चुक्यो नेपाल
-
ऐतिहासिक जितबाट २ रनले चुक्यो नेपाल