मोटरसाइकल दुर्घटनामा तिलोत्तमा–२ का वडा सदस्यको मृत्यु
बुधबार, १३ चैत २०८१, २१ : १७
बुटवल । रूपन्देहीको तिलोत्तमा नगरपालिका वडा नं २ का वडा सदस्य खेमराज (रामकृष्ण) पाठकको सडक दुर्घटनामा परी आज निधन भएको छ ।
तिलोत्तमा नगरपालिको जानकीनगरका स्थायी बासिन्दा पाठक जानकीनगरबाट बुटवल जाने क्रममा बुटवल उपमहानगरपालिका वडा नं १० चौराहामा दुर्घटनामा परेको प्रहरीले जनाएको छ ।
ईलाका प्रहरी कार्यालय बुटवलका अनुसार लु ३६प ८४४८ नम्बरको मोटरसाईकलमा बुटवलतर्फ जांदै गरेका पाठकले बा ०१०३१च ५००२ नम्बरको कारलाई उछिन्ने क्रममा दुर्घटना भएको प्रहरीले जनाएको छ ।
दुर्घटनामा गम्भीर घाइते भएका पाठकलाई उपचारका लागि लुम्बिनी प्रादेशिक अस्पताल लगिएकोमा चिकित्सकले मृत घोषणा गरेका थिए । घटनाबारे अनुसन्धान भईरहेको प्रहरीले जनाएको छ ।
खबर पढेर तपाईलाई कस्तो महसुस भयो ?
प्रतिक्रिया
भर्खरै
-
स्पेनसँगको हारबारे के भन्छन् कप्तान एम्बाप्पे ?
-
नेपाल–भारत ऊर्जा सहकार्यमा अझ फराकिलो,बिजुली निर्यात क्षमतामा १६५० मेगावाट पुग्यो
-
मोटरसाइकल चेकजाँच गर्दा बरामद भयो स्रोत नखुलेको ५५ लाख रुपैयाँ
-
नेप्सेको पुनर्संरचना र आधुनिकीकरण तत्काल अघि बढाउन सरकारलाई अर्थ समितिको निर्देशन
-
माइतीघरमा टमाटर किसानको आन्दोलनपछि मन्त्री चौधरीको पहल : कालीमाटीबाट ढुवानी सुरु
-
विश्वकपको फाइनल पुगे लगत्तै यमालको बार्सिलोनास्थित घरमा चोरीको प्रयास
Games
एक्सक्लुसिभ स्टोरी
युनिकोड
मिति रूपान्तरण