गणतन्त्र पक्षधर सबै दलसँग सहकार्य गर्नुपर्छः पाण्डे
काठमाडौँ । नेपाल कम्युनिष्ट पार्टी (एकीकृत समाजवादी) का वरिष्ठ उपाध्यक्ष राजेन्द्र पाण्डेले मुलुकमा राष्ट्रिय स्वाधीनतालाई बलियो बनाउन सङ्घीय लोकतान्त्रिक गणतन्त्र शासन व्यवस्थाका पक्षमा जनमत सिर्जना गर्नुपर्ने बताएका छन् ।
समाजवादी प्रेस सङ्गठनद्वारा आज आयोजित कार्यक्रममा उनले प्रतिगामी शक्तिका विरुद्ध सङ्घर्षको तयारी गर्न आवश्यक रहेको बताउँदै त्यसका लागि गणतन्त्रको पक्षमा रहेका सबै दलसँग सहकार्य गर्नुपर्नेमा जोड दिए । मोर्चा फाँट प्रमुखसमेत रहेका उपाध्यक्ष पाण्डेले देशको पछिल्लो राजनीतिक परिस्थिति संवेदनशील बन्दै गएकाले प्रतिगामी हर्कतलाई असफल बनाउन समाजका सबै क्षेत्रबाट सहयोगको अपेक्षासमेत गरे ।
पार्टीका अर्का उपाध्यक्ष एवं प्रचार विभाग प्रमुख प्रकाश ज्वालाले मुलुकमा लोकतन्त्र स्थापनाका लागि सञ्चार क्षेत्रले महत्त्वपूर्ण भूमिका निर्वाह गरेको बताउँदै देशको परिस्थिति जटिल बनाउने प्रयास भइरहेकाले गणतन्त्रको पक्षमा वातावरण बनाउन आग्रह गरे ।
समाजवादी प्रेस सङ्गठनका अध्यक्ष शम्भु श्रेष्ठले राष्ट्रिय स्वाधीनता, गणतन्त्र, जनजिविका, शुसासनको पक्षमा सञ्चार क्षेत्र क्रियाशील हुनुपर्ने विचार व्यक्त गरे । सङ्गठनले यही चैत मसान्तसम्म सबै प्रदेशको प्रदेशस्तरीय भेला तथा प्रशिक्षण गर्ने निर्णय गरेको छ ।
खबर पढेर तपाईलाई कस्तो महसुस भयो ?
प्रतिक्रिया
भर्खरै
-
जल संरक्षणका लागि जलस्रोतमाथि कानुनी नियमन आवश्यक : ऊर्जामन्त्री श्रेष्ठ
-
प्रधानमन्त्रीसँगको छलफलपछि तयारी पोसाक उद्योगी उत्साहित : ‘मान्छे होइन, वस्तु निर्यात गरेर देश बन्छ’
-
सर्वोच्चले भन्यो- स्वैच्छिक अवकाश लिने बैंक कर्मचारीको पेन्सन वृद्धि हुँदैन
-
भारतमा डेङ्गु खोप प्रयाेगकाे अनुमति
-
पाँचौँ मुख्यमन्त्री बन्ने तरखरमा खगराज भट्ट
-
१ लाख रुपैयाँ चोरेको आरोपमा बेल्टले घाँटी कसेर निशाको हत्या
Games
एक्सक्लुसिभ स्टोरी
युनिकोड
मिति रूपान्तरण