हुथीमाथि आक्रमण योजनाको ग्रुप च्याट लिक गर्ने पत्रकार ‘ट्रम्प विरोधी’ घोषित
काठमाडौं । अमेरिकी राष्ट्रपतिको कार्यालय ह्वाइट हाउसले हालै वरिष्ठ सुरक्षा एवं सैन्य अधिकारीहरुको ग्रुप च्याट एवं गोप्य संदेश लिक गर्ने पत्रकारलाई ‘ट्रम्प विरोधी’ घोषित गरेको छ ।
ह्वाइट हाउस प्रेस सचिव क्यारोलिन लेभिटले एटलान्टिक पत्रिकाका सम्पादक जेफरी गोल्डबर्गलाई ‘ट्रम्प विरोधी’ करार गरेकी हुन् । यद्यपि, पत्रकार गोल्डबर्गलाई अमेरिकी रक्षा सचिवले नै भुलवस अमेरिकी अधिकारीहरुबीचको ग्रुप च्याटमा जोडेका थिए ।
प्रेस सचिव लेभिटले लिक भएको सन्देशमा कुनै वर्गीकृत जानकारी नरहेको जिकिर गरेकी छन् । द एटलान्टिकद्वारा हालै प्रकाशित ग्रुप च्याट सन्देशमा रक्षा सचिव पीट हेगसेथले इमोजीसहित प्रतिक्रिया जनाएको भनी उल्लेख छ । जहाँ हुथी विद्रोहीविरुद्धको अमेरिकी हवाई आक्रमण योजनाबारे कुरा भएको देखिएको जिकिर गरिएको छ ।
हेगसेथले एक सन्देशमा भनेका छन्, ‘हालै पुष्टि भएको छ कि हामी मिशन लन्चका लागि तयार छौं । र, १४ः१५ लक्ष्यमा ड्रोन आक्रमण गर्नू । (जुन निश्चित समयमा वहिलो बम खस्ने छ) ।’
यसअघि अमेरिकी राष्ट्रिय जासुसी निर्देशक तुलसी गबार्डले एक हाउस कमिटीसामु हवाई आक्रमणबारे एक उच्चस्तरीय कुराकानीमा एक पत्रकार सामेल गर्नु ‘एक गल्ती’ थियो, भनेका थिए ।
पत्रकार गोल्डबर्गका अनुसार शीर्ष अमेरिकी सैन्य तथा खुफिया अधिकारीहरुको सबैभन्दा संवेदनशील सन्देश प्रकाशित गर्ने योजना बनाइएको थिएन, ह्वाइट हाउसले यसलाई कम आँक्ने प्रयास गरेका कारण अब जनता आफैंले स्वस्फूर्त निष्कर्ष निकालून् ।
खबर पढेर तपाईलाई कस्तो महसुस भयो ?
प्रतिक्रिया
भर्खरै
-
दुई महिनादेखि फोहर नउठ्दा शिवगञ्ज बजारमा समस्या
-
अव्यवस्थित बसोबासीलाई जग्गाधनी प्रमाण पुर्जा वितरण गरिँदै
-
संघको सिकोः गण्डकीमा पनि स्वकीय सचिव लिने तयारी
-
पूर्वी अफगानिस्तानमा बाढीबाट ४० भन्दा बढीको मृत्यु
-
सुदूरपश्चिम विश्वविद्यालयका डिनको गाडी चोर्ने आरोपी काठमाडौँबाट पक्राउ
-
पेपर लिक प्रकरणमा राजनीति नगर्न जेपी नड्डाको चेतावनी, आन्दोलनकारीसँग वार्ताको ढोका खुला
Games
एक्सक्लुसिभ स्टोरी
युनिकोड
मिति रूपान्तरण