आठ महिनामा पाँच अर्ब ३४ करोड राजस्व सङ्कलन
धनगढी । कैलाली भन्सार कार्यालयले चालु आर्थिक वर्ष २०८१/०८२ को आठ महिनामा पाँच अर्ब ३४ करोड १९ लाख रुपैयाँ बराबर राजस्व सङ्कलन गरेको छ । कार्यालयले चालु आवको साउनदेखि फागुन मसान्तसम्म उक्त राजस्व सङ्कलन गरिएको जनाएको छ ।
कार्यालयका सूचना अधिकारी खिमप्रसाद अर्यालका अनुसार यस अवधिमा भन्सार महसुलतर्फ दुई अर्ब ५९ लाख, मूल्य अभिवृद्धि करतर्फ दुई अर्ब ४१ लाख, अन्तःशुल्कतर्फ १३ करोड ८२ लाख र अन्यतर्फ एक अर्ब १९ करोड ३५ लाख राजस्व सङ्कलन गरिएको हो । चालु आवमा ११ अर्ब १६ करोड २६ लाख राजस्व सङ्कलनको वार्षिक लक्ष्य रहेकामा आठ महिनामा सो लक्ष्यको ४७ दशमलव ८६ प्रतिशतमात्रै सङ्कलन भएको उउनले जानकारी दिए ।
चालु आवको साउनमा ५७ करोड ५० लाख, भदौमा ५३ करोड ८४ लाख, असोजमा ६७ करोड २४ लाख र कात्तिकमा ६२ करोड ७८ लाख राजस्व सङ्कलन भएको छ । यस्तै, मङ्सिरमा ८१ करोड १३ लाख, पुसमा ६५ करोड ८७ लाख, माघमा ७३ करोड दुई लाख र फागुनमा ७२ करोड ७६ लाख राजस्व सङ्कलन भएको सूचना अधिकारी अर्यालले बताए ।
उनले बढी राजस्व सङ्कलन हुने पेट्रोलियम पदार्थलगायत वस्तुको आयात घटेको र यस्तै अन्य कारणले पनि राजस्व सङ्कलनको लक्ष्य हासिल गर्न नसकिएको जानकारी दिए । कार्यालयले गत आव २०८०/०८१ मा पनि राजस्व सङ्कलन लक्ष्य पूरा गर्न सकेको थिएन । गत आवमा ११ अर्ब ५८ करोड २४ लाख वार्षिक राजस्व सङ्कलनको लक्ष्य तोकिएकामा सात अर्ब ९१ करोड ८० लाख मात्र सङ्कलन भएको थियो । जुन वार्षिक लक्ष्यको ६८ दशमलव ३६ प्रतिशत मात्र हो ।
खबर पढेर तपाईलाई कस्तो महसुस भयो ?
प्रतिक्रिया
भर्खरै
-
अमेरिकाको निशानामा चिनियाँ टेक कम्पनी
-
दक्षिण कोरियाको अर्थतन्त्र पहिलो त्रैमासिकमा १.८ प्रतिशतले वृद्धि
-
न्युजिल्याण्डले ऊर्जा सुरक्षा मजबुत बनाउन ‘एलएनजी’ सुविधा अघि बढाउने
-
पूर्वतिर सर्दै वर्षा गराउने प्रणाली, सावधानी अपनाउन आग्रह
-
सङ्घीय संसद् भवनबाट हराएको मोटरसाइकलसहित एक जना पक्राउ
-
अर्थमन्त्रीकाे सचिवालयले भन्याे– विद्युतीय गाडी कानुनी प्रक्रियाबाट भित्रिएका हुन्
Games
एक्सक्लुसिभ स्टोरी
युनिकोड
मिति रूपान्तरण