लायन्स एमले पोखरामा अन्तर्राष्ट्रिय भलिबल गर्ने, साढे ४ लाख पुरस्कार
पोखरा । लायन्स इन्टरनेशनल डिस्ट्रिक्ट ३२५ एमले पोखरामा अन्तर्राष्ट्रिय स्तरको पुरुष भलिबल प्रतियोगिता गर्ने भएको छ । आगामी वैशाख १८ देखि २२ गतेसम्म पोखरा रङ्गशालाको मल्टिप्रपोज हलमा लिग कम नकआउट फर्म्याटमा प्रतियोगिता हुन लागेको हो ।
प्रतियोगितामा ५ टिम फाइनल भैसकेका छन् भने एउटा टिम छलफलको चरणमा रहेको डिस्ट्रिक्ट गभर्नर चण्डी प्रसाद अर्यालले जानकारी दिए । हालसम्म पाकिस्तान भलिबल क्लब, नेपाल पुलिस क्लब, गण्डकी प्रदेश भलिबल संघ, त्रिभुवन आर्मी क्लब र एपिएफ क्लब फाइनल भएको छ । भारत र इरानको टिमसँग सल्लाह भइरहेको अर्यालले बताए ।
उनका अनुसार प्रतियोगिताका विजेताले ४ लाख ४४ हजार ४४४ पुरस्कार पाउने छन् । दोस्रो हुनेले २ लाख ४४ हजार ४४४ र तेस्रोले १ लाख ४४ हजार ४४४ पाउने आयोजकले जनाएको छ । यस्तै, सर्वोत्कृष्ट खेलाडीलाई १४ हजार ४४४ र विधागततर्फ ८ हजार ४४४ पुरस्कार प्रदान गरिनेछ ।
खबर पढेर तपाईलाई कस्तो महसुस भयो ?
प्रतिक्रिया
भर्खरै
-
१२ बजे १२ समाचार : व्यवसायी अग्रवाल थुनामादेखि मुख्यमन्त्री बन्न केन्द्रको निर्णयको पर्खाइसम्म
-
अमेरिकी राष्ट्रपतिद्वारा हुथीहरूलाई ‘ठूलो सैन्य दण्ड’ को चेतावनी
-
आपराधिक गतिविधि बढ्दै प्रशासनद्वारा यस्तो आग्रह
-
युक्रेनका बर्खास्त गरिएका युक्रेनी पूर्व रक्षामन्त्रीलाई अर्को जिम्मेवारी सम्हाल्न राष्ट्रपतिको आग्रह, फेडोरोभद्वारा अस्वीकार
-
सुर्खेतमा ग्यास अभाव हुँदा उपभोक्ता मर्कामा
-
आर्थिक कूटनीतिमा सक्रिय भूमिका निर्वाह गर्न परराष्ट्रमन्त्री खनालको आह्वान
Games
एक्सक्लुसिभ स्टोरी
युनिकोड
मिति रूपान्तरण