सङ्क्रमणकालीन न्यायमा कुनै छलछाम हुनेछैन : सभापति देउवा (भिडियोसहित)
काठमाडौँ । नेपाली कांग्रेसका सभापति शेरबहादुर देउवाले द्वन्द्वपीडितहरूलाई न्याय दिन वर्तमान सरकार प्रस्ट रहेको बताएका छन् । उनले शान्ति सम्झौतामार्फत द्वन्द्वकालका पीडितलाई न्याय दिने कुरामा दुइमत नरहेको भन्दै वर्तमान सरकार शान्ति सम्झौताका बाँकी काम पुरा गर्न अघि बढेको बताए ।
बिहीबार काठमाडौमा भएको सङ्क्रमणकालीन न्याय सम्बन्धी सम्मेलनलाई सम्बोधन गर्दै सङ्क्रमणकालीन न्यायका लागि सरकारले दुवै आयोगको पदाधिकारी सिफारिस गर्न समिति समेत गठन गरेकाले आयोगले छिटै पूर्णता पाउने र यो पीडितहरूले पनि न्याय पाउने बताए । ‘पीडितलाई न्याय दिलाउन यो सरकार प्रस्ट छ । पारदर्शी ढङ्गले सबैको सुझाव र भावना बुझेर न्याय प्रक्रिया अघि बढ्छ । कुनै छलछाम हुनेछैन’, देउवाको भनाइ छ ।
सङ्क्रमणकालीन न्याय नेपालले आफ्नै घरभित्रबाट समाधान गरेर विश्वका लागि उदाहरणीय बन्नसक्नुपर्नेमा देउवाको जोड छ ।
खबर पढेर तपाईलाई कस्तो महसुस भयो ?
प्रतिक्रिया
भर्खरै
-
१२ बजे १२ समाचार : व्यवसायी अग्रवाल थुनामादेखि मुख्यमन्त्री बन्न केन्द्रको निर्णयको पर्खाइसम्म
-
अमेरिकी राष्ट्रपतिद्वारा हुथीहरूलाई ‘ठूलो सैन्य दण्ड’ को चेतावनी
-
आपराधिक गतिविधि बढ्दै प्रशासनद्वारा यस्तो आग्रह
-
युक्रेनका बर्खास्त गरिएका युक्रेनी पूर्व रक्षामन्त्रीलाई अर्को जिम्मेवारी सम्हाल्न राष्ट्रपतिको आग्रह, फेडोरोभद्वारा अस्वीकार
-
सुर्खेतमा ग्यास अभाव हुँदा उपभोक्ता मर्कामा
-
आर्थिक कूटनीतिमा सक्रिय भूमिका निर्वाह गर्न परराष्ट्रमन्त्री खनालको आह्वान
Games
एक्सक्लुसिभ स्टोरी
युनिकोड
मिति रूपान्तरण