प्रचण्डलाई प्रधानमन्त्रीको प्रश्न : खेतमा पानी लाउने र बाख्रो किन्ने कुरा कसरी जोडियो ? (भिडियोसहित)
काठमाडौँ । प्रधानमन्त्री केपी शर्मा ओलीले हिंसालाई ग्लोरिफाई गर्ने र हिंसाको बाजा बजाउने काम अझै भइरहेको भन्दै यस्तो किन भइरहेको छ भनेर प्रश्न गरेका छन् । बिहीबार सङ्क्रमणकालीन न्याय सम्बन्धी सम्मेलनलाई सम्बोधन गर्दै प्रधानमन्त्री ओलीले पीडितलाई न्याय दिन सकिने र सक्नुपर्छ भन्दै सोही कारण ऐनहरू पारित गरिएको बताए ।
‘तर अहिले पनि हिंसालाई ग्लाेरीफाई गर्ने, बाजा बजाउने कुरा किन भइरहेको छ ?’, प्रश्न गर्दै प्रधानमन्त्रीले भने, ‘द्वन्द्वमा हजारौँ अङ्गभङ्ग र टुहुरा भए । त्यसमा मल्हम लगाउनुपर्नेमा किन ग्लोरिफाई गरिरहेका छौँ ? यसबाट मुक्त हुनुपर्छ ।’
प्रधानमन्त्री ओलीले सशस्त्र द्वन्द्व गल्ती भएको पनि बताए । ‘त्यो राष्ट्रिय गल्ती थियो । अब उप्रान्त त्यसो हुनुहुँदैन । अलिकति रिस उठ्यो भने फेरि ? फेरि ? भन्ने होइन । बिसाएका हौँ छोडेका होइनौ भन्ने होइन । मलाई त्यसमा डर छ विलम्ब पनि त्यसै कारण भएको होला’, उनले द्वन्द्वका पीडितहरूको परिपूरणका लागि अन्तर्राष्ट्रिय समुदायको पनि साथ र सहयोगका लागि आग्रह गरे ।
‘हामी यस प्रक्रियालाई इमानदारिताका साथ अघि बढाउँछौ । त्यसमा अन्तर्राष्ट्रिय समुदायको साथ सहयोग चाहिन्छ’, प्रधानमन्त्रीको भनाइ छ । उनले शान्ति प्रक्रिया र एक जना कर्मचारीको विषय जोडेर ठुला नेताहरूबाट अभिव्यक्ति आएको भन्दै उनले भने, हिजो पनि र अस्ति पनि सुने, ‘शान्ति प्रक्रियाको सिफारिस समिति बनाउन भनेर बोलायो, एक जना कर्मचारीले ठिक काम गरेन भनेर निकालिदिएछन् यस्तो धोका भनेर ।’
प्रधानमन्त्रीले माओवादी केन्द्रका अध्यक्ष प्रचण्डलाई लक्षित गर्दै यस्तो कुरा कहाँबाट जोडियो ? भन्दै प्रश्न गरे । ‘कहाँबाट जोडियो यो ? खेतमा पानी लगाउने र बाख्रो किनेको कुरा कहाँबाट जोडियो ? अर्कै अर्कै कुरा हो’, ओलीले भने, ‘त्यो पनि ठुलठुला नेताहरूबाट । यस्ता कुराहरूमा अल्झिन हुँदैन भन्छु म ।’
प्रधानमन्त्रीले नेपालको शान्ति प्रक्रिया सफल पार्न नेपालीलले नै सुरु गरेको भन्दै यसको श्रेय कसले लिने हो भन्ने कुरा छोडिदिनुपर्ने बताए । ‘म यसलाई सफलमात्रै पार्न चाहन्छु । श्रेय मबाहेक अरु सबैलाई दिन चाहन्छु । मलाई श्रेयको भोक होइन । श्रेय चाहिएन । सफल पारौँ यसलाई’, प्रधानमन्त्रीले भने, ‘पीडितले निर्भयपुर्ण र सम्मानपुर्वक न्याय पाउनुपर्दछ ।’
खबर पढेर तपाईलाई कस्तो महसुस भयो ?
प्रतिक्रिया
भर्खरै
-
कसैले आलोचना गर्दैमा ढुङ्गा हानेर गन्तव्यमा पुग्न सकिँदैन : विश्वप्रकाश शर्मा
-
अर्ग्यानिक कृषि उत्पादनको प्रमाणीकरण गर्ने व्यवस्था मिलाउन प्रधानमन्त्रीको निर्देशन
-
नेपालमा हुने तिब्बतसम्बन्धी सम्मेलनमा चीनको चासो
-
एकै वर्षमा साढे ८५ करोडको लागुऔषध बरामद, जनस्वास्थ्यमा गम्भीर असर
-
बागमतीका ३ जना विना विभागीय मन्त्रीको जिम्मेवारी तोकियो
-
नेपालमा लोकतन्त्र अपहरित भएको छ : केपी ओली
Games
एक्सक्लुसिभ स्टोरी
युनिकोड
मिति रूपान्तरण