क्लब विश्वकपका लागि १ अर्ब अमेरिकी डलर पुरस्कार छुट्याइयो
काठमाडौँ । फिफा क्लब विश्वकप फुटबल प्रतियोगिताको २१ औँ संस्करण यसै वर्ष अमेरिकामा आयोजना हुँदैछ । आगामी जुन १४ देखि जुलाई १३ तारिखसम्म आयोजना हुने प्रतियोगितामा ३२ टोलीको सहभागिता रहने छ ।
विश्व फुटबल महासंघ (फिफा) ले यसपटक क्लब विश्वकपको पुरस्कार राशिमा पनि वृद्धि गरेको छ ।
प्रतियोगिताको विजेता टोलीले चार करोड अमेरिकी डलर (पाँच अर्ब ४९ करोड ६० लाख नेपाली रुपैयाँ) पुरस्कार हात पार्नेछ । यदि कुनै टोलीले समूहगत चरणदेखि सबै खेल जित्दै उपाधि हात पारे उक्त टोलीको पोल्टामा १२ करोड ५० लाख अमेरिकी डलर (करिब १७ अर्ब १७ करोड ५० लाख नेपाली रुपैयाँं) पुरस्कार पर्नेछ ।
प्रतियोगिताका लागि कुल एक अर्ब अमेरिकी डलर (करिब एक खर्ब ३७ अर्ब ४० करोड नेपाली रुपैयाँ) पुरस्कार राशि छुट्याइएको फिफाले जनाएको छ । प्रतियोगितामा सहभागी ३२ वटै टोलीले नगद पुरस्कार प्राप्त गर्नेछन् । प्रतियोगिताको समूहगत चरणमा प्रत्येक खेल जितेवापत टोलीले २० लाख अमेरिकी डलर पुरस्कार पाउनेछन् । समूहगत चरणको खेल बराबरीमा सकिए दुवै टोलीले १०–१० लाख अमेरिकी डलर पुरस्कार हात पार्नेछन् ।
अन्तिम १६ मा भिडन्त गर्ने टोलीले ७० लाख ५० हजार अमेरिकी डलर पुरस्कार प्राप्त गर्नेछन् ।
अमेरिकाको १२ वटा रंगशालामा खेलाइने क्लब विश्वकपका रियल म्याड्रिड, चेल्सी, म्यानचेस्टर सिटी, बायर्न म्युनिख, युभेन्ट्स, इन्टर मिलान, इन्टर मियामीजस्ता विश्वका चर्चित क्लबहरूको सहभागिता रहने छ ।
खबर पढेर तपाईलाई कस्तो महसुस भयो ?
प्रतिक्रिया
भर्खरै
-
मनसुन अवधिभर विशेष सावधानी अपनाउन प्राधिकरणको आग्रह
-
‘ग्रे लिस्ट’बाट हटाउन सबैको संयुक्त प्रयास आवश्यकः महालेखापरीक्षक राया
-
खैरो हेरोइनसहित दुई महिला पक्राउ
-
बिल बिजक नराख्नेलाई विभागको जरिवाना
-
१२ बजे १२ समाचार: बालेन सरकारको कूटनीतिमाथि विपक्षीको प्रश्न, कोशीमा मुख्यमन्त्री बन्न दौडधुप
-
इरानमाथि पुनः नाकाबन्दी लागू गरेयता ९ जहाजको मार्ग परिवर्तन गराइएको अमेरिकी सेनाको दाबी
Games
एक्सक्लुसिभ स्टोरी
युनिकोड
मिति रूपान्तरण