गभर्नर छनोट प्रक्रिया चलिरहेको बेला विश्व पौडेल भन्छन्, ‘मान्छे अयोग्य कोही हुँदैन’
काठमाडौं । गभर्नर छनोटका लागि सिफारिस समितिका सदस्य हुन् डा. विश्व पौडेल । सरकारले सोमबार सिफारिस समिति गठन गरेसँगै गभर्नर छनोटको औपचारिक प्रक्रिया सुरु भएको छ ।
उता गभर्नरका आकांक्षीहरु नयाँ गभर्नर नियुक्तिको लागि दौडधुप बढाइरहेका छन् ।
अहिले बजारमा राष्ट्र बैंकको गभर्नर को बन्छ भन्ने चर्चा र आँकलनबीच पौडेलले अर्थपूर्ण स्टाटस पोष्ट गरेका छन् । उनले लेखेका छन्, ‘अयोग्यः पुरुषो नास्ति योजकस्तत्र दुर्लभः’ अथवा मान्छे अयोग्य कोही हुँदैन । तर, कसलाई के काम लगाउँदा उपयुक्त हुन्छ भनेर बुझेर लगाउन सक्ने मान्छे भने संसारमा एकदमै कम हुन्छन् ।'
गभर्नर बन्नकै लागि नबिल बैंकका सीईओ ज्ञानेन्द्र ढुंंगानाले राजीनामा गरेका छन् । नेपाल राष्ट्र बैंकका कार्यकारी निर्देशक प्रकाशकुमार श्रेष्ठले पनि यसकै लागि राजीनामा गरिसकेका छन् । डेपुटी गभर्नरद्वयदेखि दर्जनौं व्यक्तिहरू गभर्नरको रेसमा रहेको बताइन्छ ।
खबर पढेर तपाईलाई कस्तो महसुस भयो ?
प्रतिक्रिया
भर्खरै
-
अमेरिकी राष्ट्रपतिद्वारा हुथीहरूलाई ‘ठूलो सैन्य दण्ड’ को चेतावनी
-
आपराधिक गतिविधि बढ्दै प्रशासनद्वारा यस्तो आग्रह
-
युक्रेनका बर्खास्त गरिएका युक्रेनी पूर्व रक्षामन्त्रीलाई अर्को जिम्मेवारी सम्हाल्न राष्ट्रपतिको आग्रह, फेडोरोभद्वारा अस्वीकार
-
सुर्खेतमा ग्यास अभाव हुँदा उपभोक्ता मर्कामा
-
आर्थिक कूटनीतिमा सक्रिय भूमिका निर्वाह गर्न परराष्ट्रमन्त्री खनालको आह्वान
-
युद्ध चर्किएसँगै अमेरिकाद्वारा ट्राभल एड्भाइजरी
Games
एक्सक्लुसिभ स्टोरी
युनिकोड
मिति रूपान्तरण