काठमाडौंमा भोलि दुई ठुला प्रदर्शन हुने, अस्ट्रेलियन दूतावासको ट्राभल एडभाइजरी
बिहीबार, १४ चैत २०८१, १६ : २६
काठमाडौं । काठमाडौंमा शुक्रबार (चैत १५ गते) राजावादी समूह र समाजवादी मोर्चाले छुट्टाछुट्टै प्रदर्शन गर्ने तयारी गरेका छन्। सोही प्रदर्शनलाई मध्यनजर गरेर नेपालस्थित अस्ट्रेलियन दूतावासले आफ्ना नागरिकहरूलाई सतर्क रहन ट्राभल एडभाइजरी जारी गरेको छ ।
दूतावासद्वारा जारी ट्राभल एडभाइजरी अनुसार, प्रदर्शनका कारण काठमाडौं उपत्यकाको यातायातमा अवरोध आउन सक्छ । अवस्था असहज बनेमा स्थानीय प्रशासनले छोटो समयमा नै कर्फ्यू लगाउने सम्भावना रहेको उल्लेख गर्दै दूतावासले काठमाडौंमा रहेका आफ्ना नागरिकहरूलाई सतर्क रहन, स्थानीय मिडियामार्फत नियमित अपडेट लिन र भीडभाडयुक्त स्थानबाट टाढा रहन आग्रह गरेको हो ।
खबर पढेर तपाईलाई कस्तो महसुस भयो ?
प्रतिक्रिया
भर्खरै
-
कृषिमन्त्री चौधरी र मधेस प्रदेशका मुख्यमन्त्री यादवबिच भेट
-
युक्रेनको बन्दरगाहमा व्यापारिक जहाजमाथि हमला, ४ भारतीयको मृत्यु
-
महिलालाई थारु परिकार बनाउने सीप
-
नेपाल–रुस दौत्य सम्बन्धको ७०औँ वर्षगाँठ मनाइयो
-
वीरगञ्जमा मुख्य सडक विस्तार अभियान पुनः सुरु
-
वार्ताका लागि मध्यस्थकर्तामार्फत् कूटनीतिक च्यानल सक्रिय : इरान
Games
एक्सक्लुसिभ स्टोरी
युनिकोड
मिति रूपान्तरण