कुलमान प्रकरणमा प्रधानमन्त्रीको जवाफ नआएसम्म सदन चल्दैन: ज्ञानेन्द्र शाही
बिहीबार, १४ चैत २०८१, १७ : ३५
काठमाडौँ । राप्रपाका प्रमुख सचेतक ज्ञानेन्द्र शाहीले कुलमान प्रकरणमा प्रधानमन्त्रीको जवाफ नआएसम्म सदन चल्न नसक्ने बताएका छन् ।
बिहीबार संसद् भवन बानेश्वरमा सञ्चारकर्मीसँग कुरा गर्दै शाहीले कुलमानलाई पदबाट हटाउनुको कारणबारे प्रधानमन्त्रीले जवाफ दिनुपर्ने भन्दै सडक र सदनबाट आन्दोलन गरिरहेकाले जवाफ नआएसम्म सदन चल्न नसक्ने बताएका हुन् । सरकारले गलत गर्ने र जनतालाई जवाफ दिन नसक्ने गलत प्रवृत्तिले निरंशुकतन्त्र देखिएको उनले बताए ।
शाहीले देश र जनताको विषयवस्तुको जवाफ दिनुपर्ने कर्तव्य प्रधानमन्त्रीको भएको जिकिर गरे ।
उनले सरकार संसद्प्रति उत्तरदायी हुने भएकाले सदनमा उठेका विषयमा जवाफ दिनुपर्ने स्पष्ट पारे ।
खबर पढेर तपाईलाई कस्तो महसुस भयो ?
प्रतिक्रिया
भर्खरै
-
१२ बजे १२ समाचार : व्यवसायी अग्रवाल थुनामादेखि मुख्यमन्त्री बन्न केन्द्रको निर्णयको पर्खाइसम्म
-
अमेरिकी राष्ट्रपतिद्वारा हुथीहरूलाई ‘ठूलो सैन्य दण्ड’ को चेतावनी
-
आपराधिक गतिविधि बढ्दै प्रशासनद्वारा यस्तो आग्रह
-
युक्रेनका बर्खास्त गरिएका युक्रेनी पूर्व रक्षामन्त्रीलाई अर्को जिम्मेवारी सम्हाल्न राष्ट्रपतिको आग्रह, फेडोरोभद्वारा अस्वीकार
-
सुर्खेतमा ग्यास अभाव हुँदा उपभोक्ता मर्कामा
-
आर्थिक कूटनीतिमा सक्रिय भूमिका निर्वाह गर्न परराष्ट्रमन्त्री खनालको आह्वान
Games
एक्सक्लुसिभ स्टोरी
युनिकोड
मिति रूपान्तरण