मोर्चाको खबरदारी सभामा माओवादीका चार जनसंगठनको ऐक्यबद्धता
काठमाडौँ । विपक्षी चार दलीय मोर्चाले शुक्रबार गर्ने खबरदारी सभामा माओवादी निकट जनसंगठनहरूहरुले ऐक्यबद्धता जनाएका छन् । उनीहरूले बिहीबार संयुक्त विज्ञप्ति जारी गर्दै ऐक्यबद्धता जनाएका हुन् ।
अखिल नेपाल ट्रेड युनियन महासंघ (अन्टुफ), अखिल नेपाल किसान महासंघ (क्रान्तिकारी केन्द्र), नेपाल दलित मुक्बाति मोर्चा र अखिल नेपाल सुकुम्बासी संघ–को तर्फबाट संयुक्त प्रेस विज्ञप्ति जारी गर्दै नेपाली जनताको हक, हित र अधिकार, गरिब दुःखीका समस्याका साथै सुशासन र न्यायको पक्षमा निरन्तर आवाज उठाउने बताएका छन् ।
‘आम जनतामा यो भ्रष्ट सरकार र सत्तारूढ दलहरूप्रति उत्पन्न तीव्र घृणालाई सबै राजनीतिक दलहरू र समग्र व्यवस्थाको विरूद्ध उपयोग गर्दै २४० वर्ष संगीनको बलमा शासन गरेको, देशलाई विश्वको दोस्रो गरिब राष्ट्र बनाएको, मन्दिरका मूर्ती, गैँडाका खाग र जंगली जनावरको तस्करी गरेको, हत्या र बलात्कारको श्रृङ्खला मच्चाएको, सत्ताका लागि पटकपटक आफ्नै वंशनाश गरेको कालो इतिहास बोकेको राजतन्त्र फर्काउने, लोकतन्त्रको अन्त्य गर्दै राजनीतिक, धार्मिक तथा वाक्स्वतन्त्रता खोसेर देशलाई हिन्दु धर्म र वर्णव्यवव्थामा आधारित एकात्मक निर्दलीय तानाशाहीतन्त्रमा धकेल्ने कुचेष्टा सुरु भएको छ’, संयुक्त विज्ञप्तिमा भनिएको छ ।
चार जनसंगठनले जसलाई विस्तारवादी तथा साम्राज्यवादी शक्तिहरूले योजनाबद्ध रूपमा नेपालमा धार्मिक–साम्प्रदायिक गृहयुद्ध चर्काउने, देशमा अशान्ति देखाएर विदेशी सेना भित्राउने र नेपाललाई विदेशीको क्रिडास्थल बनाउने योजनाअन्तर्गत प्रयोग गरिरहेको बताएका छन् ।
खबर पढेर तपाईलाई कस्तो महसुस भयो ?
प्रतिक्रिया
भर्खरै
-
बर्गर खाएको भिडियो सार्वजनिक भएपछि ककरोच जनता पार्टीका प्रवक्ता बर्खास्त
-
तारकेश्वरबाट चोरीका सुनचाँदीका गहनासहित दुई जना पक्राउ
-
सडकको ताजा अवस्था : कतै पूर्ण बन्द, कतै एकतर्फी सञ्चालन (सूचीसहित)
-
किन किनारा लगाइए अर्थमन्त्री वाग्ले ?
-
फुटबल अर्थतन्त्रः रेस्टुरेन्टको सट्टा फुड डेलिभरी चले, एआईले टिसर्ट व्यापार खस्कियो
-
सिर्सिया नदीमा दुर्गन्धित फोहर फ्याक्ने ६ उद्योगलाई जरिवाना
Games
एक्सक्लुसिभ स्टोरी
युनिकोड
मिति रूपान्तरण