कुलमानको पक्षमा इटहरीमा प्रदर्शन
बिहीबार, १४ चैत २०८१, १९ : ०४
इटहरी । सुनसरीको इटहरीमा कुलमान घिसिङको पक्षमा प्रदर्शन भएको छ । कुलमान उज्यालो नेपालका नायक हुन् उनलाई पुनः बहाली गर भन्दै स्थानीयले प्रदर्शन गरेका हुन् ।
प्रदर्शन धरान रोड नेवा पुचः भवन छेउबाट सुरु भएर इटहरी बजार परिक्रमा गरी गोल चोकमा आएर कोणसभा परिणत भएको थियो । कुलमा घिसिङ पुनः बहाली संयुक्त सङ्घर्ष समितिको नाममा भएको प्रदर्शनको संयोजन मानवध्वज मोक्तानले गरेका थिए ।
प्रदर्शनमा रास्वपा, माओवादी, एकीकृत समाजवादी र आदिवासी जनजाति महासङ्घ, नेसपा र तामाङ घेदुङ सङ्घले पनि सहभागिता जनाएका थिए । प्रदर्शनका क्रममा उनीहरूले ‘गणतन्त्र नेपाल जिन्दावाद,’ ‘उज्यालो नेपाल जिन्दाबाद,’ ‘भ्रष्ट सरकार राजीनामा दे’ लगायतको नारा लगाएका थिए ।
खबर पढेर तपाईलाई कस्तो महसुस भयो ?
प्रतिक्रिया
भर्खरै
-
वन तथा वातावरण मन्त्रालयको ८२ प्रतिशत प्रगति
-
१० बजे १० समाचार : विभाजनको बाटोमा कांग्रेस, सहकार्यको प्रयासमा ओली-प्रचण्ड
-
हर्मुज तनावसँगै तेल बजार प्रभावित
-
दुई महिनादेखि फोहर नउठ्दा शिवगञ्ज बजारमा समस्या
-
अव्यवस्थित बसोबासीलाई जग्गाधनी प्रमाण पुर्जा वितरण गरिँदै
-
संघको सिकोः गण्डकीमा पनि स्वकीय सचिव लिने तयारी
Games
एक्सक्लुसिभ स्टोरी
युनिकोड
मिति रूपान्तरण