प्रदर्शनी मार्ग क्षेत्रमा सवारी डाइभर्ट सुरु, अन्यत्र अवस्था हेरेर डाइभर्ट गरिँदै
काठमाडौँ । काठमाडौँको प्रदर्शनीमार्गमा गणतन्त्रका पक्षधर समूहले बिच सडकमा मञ्च तयार गरेका छन् । पुरानो बसपार्क हुँदै भद्रकाली तर्फको सडकमा मञ्च निर्माण गरिएको कारण ट्राफिक प्रहरीले टुँडिखेल घुम्ने सवारी साधनलाई डाइभर्ट गरिरहेको छ ।
काठमाडौँको प्रदर्शनी मार्गमा गणतन्त्रका पक्षधर र तीनकुनेमा आज राजतन्त्र पक्षधरले प्रदर्शन गर्दैछन् । गणतन्त्रको पक्ष र विपक्षमा हुने प्रदर्शनलाई निकै चासोपूर्वक हेरिएको छ ।
रणदीप चोकबाट भद्रकालीतर्फ आउने सडकमा सवारी सञ्चालन गर्न रोक लगाइएको उपत्यका ट्राफिक प्रहरी कार्यालयका एसपी दीपक गिरीले रातोपाटीलाई बताए ।
प्रदर्शन स्थलतर्फ जान खोज्ने सवारी साधनलाई जय नेपाल हल र बागबजारबाट डाइभर्ट गरिएको छ । न्यु प्लाजाबाट पद्मोदयतर्फ जाने सवारीलाई रोक लगाइएको छ । रत्नपार्क हुँदै टुँडिखेल घुम्ने सवारी साधनलाई पनि सञ्चालनमा रोक लगाइएको एसपी गिरीले बताए । उनले भने– ‘वीर अस्पताल र रत्नपार्क क्षेत्रमा आव डिस्टर्व हुन्छ ।’
नियमित रूपमा टुँडिखेल घुम्ने बसहरूलाई ट्राफिक प्रहरीले त्रिपुरेश्वरबाट डाइभर्ट गरेको छ । गणतन्त्र पक्षधर प्रदर्शनकारीहरू जम्मा भएसँगै माइतीघर, कुपण्डोल र सोह्रखुट्टे क्षेत्रमा पनि सवारी डाइभर्सन गर्ने ट्राफिक प्रहरीको योजना छ । एसपी गिरी भन्छन्, ‘अवस्था हेरेर डाइभर्सन गर्छौँ ।’
मेडिकल व्यवसायी दुर्गा प्रसाईं नेतृत्वको ‘राष्ट्र, राष्ट्रियता, धर्म, संस्कृति र नागरिक बचाउ महाअभियान’ को ब्यानरमा पूर्व राजाका समर्थकहरूले तीनकुनेमा प्रदर्शन आयोजना गरेका छन् । नवराज सुवेदी नेतृत्वको ‘राजसंस्था पुनर्स्थापनाका लागि संयुक्त जनआन्दोलन समिति’ ले प्रसाईंसँगै मिलेर प्रदर्शन गर्न लागेको सुरक्षा अधिकारीहरू बताउँछन् ।
तीनकुनेस्थित खुल्ला चउरमा हुने सभाको कारण ट्राफिकले सिनामंगल र कोटेश्वरबाट गाडीहरुलाई बागमती करिडोरतर्फबाट डाइभर्ट गरेको छ । कोटेश्वर चोकमा प्रदर्शनको कारण सड्क अवरुद्ध नभएसम्म सवारी चल्न दिइने र त्यसपछि मात्रै डाइभर्ट गरिने एसपी गिरीले बताए । उनले भने– ‘जुलुस सुरु भएर बाटो अवरुद्ध हुन थालेपछि चक्रपथ क्षेत्रमा पनि डाइभर्सन गर्छौँ ।’
खबर पढेर तपाईलाई कस्तो महसुस भयो ?
प्रतिक्रिया
भर्खरै
-
इतर समूहका नेताहरूको एकै स्वरः गगन थापा नसच्चिए कांग्रेस फुट्छ
-
बर्थिङ सेन्टरमार्फत सुत्केरी सेवा लिने बढ्दै
-
तातो लहरको पूर्वानुमानलाई दिगो बनाइनुपर्छ
-
सहकारीद्वारा स्थानीय उत्पादनको ‘ब्राण्डिङ’
-
मानवसेवा आश्रम पुगेर गगनले आश्रितलाई खुवाए खाना, तस्बिरहरू
-
संविधान संशोधन सुझाव कार्यदल : एमालेले तथ्य र औचित्यका आधारमा प्रस्ताव तयार गर्ने
Games
एक्सक्लुसिभ स्टोरी
युनिकोड
मिति रूपान्तरण