विपक्षी दलहरूले अवरोध गरेपछि राष्ट्रियसभा बैठक एक घण्टाका लागि स्थगित
काठमाडौँ । विपक्षी दलहरूको अवरोधपछि राष्ट्रियसभा बैठक स्थगित भएको छ । सवा एक बजे बैठक सुरु हुँदावित्तिकै विपषी दलहरूले उठेर विरोध गरेका थिए । त्यसपछि राष्ट्रियसभाका अध्यक्ष नारायणप्रसाद दाहालले राष्ट्रिय जनमोर्चाका सांसद तुलप्रसाद विश्वकर्मालाई बोल्ने समय दिए ।
विश्वकर्माले आफूहरूले राखेका माग पूरा नभएकाले सदनको कारबाही अगाडि बढ्न नसक्ने बताए । ‘नेपाल विद्युत प्राधिकरणका कार्यकारी निर्देशक कुलमान घिसिङलाई सरकारले हटाएपछि हटाउनाको कारण प्रधानमन्त्री केपी शर्मा ओलीले प्रतिनिधिसभा बैठकमा दिनुपर्ने माग हामीले राखेका थियौँ । त्यो माग पूरा भएको छैन,’ उनले भने, ‘प्रधानमन्त्री र मन्त्रीहरू संसदप्रति उत्तरदायी नभएको हाम्रो बुझाइ छ । त्यसैले सदनको कारबाही अगाडि बढ्न सक्दैन ।’
त्यसपछि अध्यक्ष दाहालले आमसी समझदारीमा समस्या हटाउन सकिने भन्दै सदनको कारबाही अगाडि बढाउन दिन पटक पटक आग्रह गर्दा पनि विपक्षी सांसदहरू बसेनन् । विशेष आग्रह गदै अनुरोध गर्दा पनि सांसदहरूले सुनेनन् ।
विश्वकर्माले विपक्षीले ठूलो आन्दोलन र प्रदर्शन गर्दा सदन स्थगित गर्ने प्रचलन भए पनि आज राखिएकोमा पनि रोस प्रकट गरे ।
त्यसपछि अध्यक्ष दाहालले एक घण्टाका लागि बैठक स्थगित गरेका हुन् । घिसिङलाई सरकारले पदबाट हटाएको प्रकरणमा विपक्षी दलहरू नेकपा (माओवादी केन्द्र), राष्ट्रिय स्वतन्त्र पार्टी, नेकपा (एकीकृत समाजवादी), राष्ट्रिय प्रजातन्त्र पार्टीलगायतका दलहरूले सदन अवरुद्ध गर्दै आएका छन् ।
प्रधानमन्त्री ओलीले भने सदनमा जवाफ नदिने सार्वजनिक कार्यक्रममा बताइसकेका छन् । विपक्षीले प्रधानमन्त्रीले जवाफ नदिएसम्म सदनको अवरोध कायम राख्ने बताउँदै आएका छन् । पटक–पटक भएका बैठकमा दुवै पक्ष आ–आफ्ना अडानबाट टसमस नहुँदा समस्याको निकास निस्कन सकेको छैन ।
खबर पढेर तपाईलाई कस्तो महसुस भयो ?
प्रतिक्रिया
भर्खरै
-
जापानको टोकियोमा ‘रोधी घर’ सञ्चालन
-
प्रधानमन्त्री बालेन्द्र शाहको घोषणा सामाजिक सञ्जालमा, अस्पतालमा अझै ३ प्रतिशत कर !
-
रूपान्तरणको पर्खाइमा त्रिवि : तत्काल गर्नुपर्ने के ?
-
एक वर्षमा १२ हजारले पाए नागरिकता, सेवामा डिजिटल सुधार
-
चिलीमा शक्तिशाली आँधीका कारण १३ जनाको मृत्यु
-
पार्टी तोड्ने हैन, जोड्नेतर्फ लाग्नुपर्छः नेता आङ्देम्बे
Games
एक्सक्लुसिभ स्टोरी
युनिकोड
मिति रूपान्तरण