प्रदर्शनकारीहरू ढुङ्गा हान्दै बानेश्वरतिर अघि बढेपछि बल प्रयोग : प्रहरी
काठमाडौँ । पूर्वराजाका समर्थकहरू पूर्वनिर्धारित कार्यक्रम स्थल छाडेर बानेश्वरतिर अघि बढेपछि तीनकुनेमा झडप भएको छ । मेडिकल व्यवसायी दुर्गा प्रसाईँ नेतृत्वको ‘राष्ट्र, राष्ट्रियता, धर्म, संस्कृति र नागरिक बचाउ महाअभियान’ लाई तीनकुनेस्थित चउरमा प्रदर्शन गर्न स्थानीय प्रशासनले अनुमति दिएको थियो । त्यहाँ नवराज सुवेदी नेतृत्वको ‘राजसंस्था पुन स्थापनाका लागि संयुक्त जनआन्दोलन समिति’ ले पनि संयुक्त रुपमा प्रदर्शन र सभा आयोजना गरेका हुन् ।
तीनकुनेमा प्रहरीले प्रदर्शनकारीमाथि दर्जनौँ राउन्ड अश्रुग्याँस र पानीको फोहरा प्रहार गरेको छ । प्रदर्शनकारीहरू तीनकुने छाडेर ढुङ्गा हान्दै अघि बढेपछि बल प्रयोग गर्नुपर्ने अवस्था आएको उपत्यका प्रहरी कार्यालयका एसएसपी शेखर खनालले बताए । उनले भने, ‘प्रदर्शनकारीहरू तीनकुने छाडेर हाम्रो ब्यारियर हटाएर बानेश्वरतिर आउन खोजेपछि बल प्रयोग गर्नुपर्ने अवस्था आएको हो ।’
ब्यारियर राखेको ठाउँबाट आन्दोलनमा आएकाहरूले जबरजस्ती गाडी पनि छिराउन खोजेको भिडियोमा देखिन्छ । एसएसपी खनाल भन्छन्, ‘भिड हटाउन बल प्रयोग गर्नुपर्ने अवस्था आयो ।’
खबर पढेर तपाईलाई कस्तो महसुस भयो ?
प्रतिक्रिया
भर्खरै
-
जलस्रोत र ऊर्जा विधेयकमा प्रदेश र स्थानीय तहले खाजे स्रोतमाथिको स्वामित्व
-
नेपाल एयरलाइन्सका कार्यकारी अध्यक्षविरूद्ध दायर रिटमा कारण देखाऊ आदेश
-
बर्गर खाएको भिडियो सार्वजनिक भएपछि ककरोच जनता पार्टीका प्रवक्ता बर्खास्त
-
तारकेश्वरबाट चोरीका सुनचाँदीका गहनासहित दुई जना पक्राउ
-
सडकको ताजा अवस्था : कतै पूर्ण बन्द, कतै एकतर्फी सञ्चालन (सूचीसहित)
-
किन किनारा लगाइए अर्थमन्त्री वाग्ले ?
Games
एक्सक्लुसिभ स्टोरी
युनिकोड
मिति रूपान्तरण